नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

0

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।

भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबको कार्यक्रममा बोलेर निस्कने क्रममा गाडी नचढ्दै यादवमाथि खुकुरी प्रहार भएको रिपोर्टर्स क्लबका सचिव ईश्वर कार्कीले जानकारी दिए ।

“क्लबमा बोलिसकेर बाहिरिनुभएका कांग्रेस सहमहामन्त्री यादवलाई गाडी नचड्दै क्लब अगाडि बाटोमा खुकुरी प्रहार भएछ,” कार्कीले भने, “उहाँमाथि सांघातिक हमला भएको हो । तर, खुकुरी भुत्ते परेछ र टाउकोमा चोट लागेको छ ।”

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परिसकेका छन् ।

पक्राउ परेका व्यक्ति श्यामबहादुर सापकोटा रहेको र उनी नुवाकोटस्थित विदुर नगरपालिका–७ का रहेको खुलेको प्रहरीले जनाएको छ । सापकोटाले आफूलाई सामाजिक अभियान्ता बताउने गरेका थिए ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण

0

काठमाडौं। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

संविधानको धारा १६८ (३) अन्तर्गत कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनलाई सर्वोच्च अदालतले मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको थियो ।

उनी निवर्तमान मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीको समेत मत लिएपछि भदौ ६ गते सर्वोच्च गएका थिए ।

कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री हुने भएका छन् । मेन्याङ्बोले यसअघि कार्की नेतृत्वमै यही मन्त्रालय सम्हालेका थिए ।

त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ लिएका छन् ।

त्यस्तै, भोजपुरका समानुपातिक सांसद सृजना राई सामाजिक विकास राज्यमन्त्रीले समेत शपथ लिएकी छन् ।

मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी

0

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् ।

सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार १’

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी

0

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपालले नेकपा एसलाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाइरहेको जिकिर गरेका हुन् ।

पार्टीको चाँगुनारायण नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको दाबी गरे  ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य पार्टीहरूलाई समेत साथमा लिएर समाजवादको झण्डालाई बुलन्द गर्ने काम गरिरहेको बताए । उनले पार्टीलाई सशक्त बनाउन आफूहरूले सङ्गठन निर्माणको कामलाई तीव्रता दिएको समेत बताए ।

‘कसै कसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन ती व्यक्तिहरू जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरू आफैँ सोत्तर भइरहेका छन्’ अध्यक्ष नेपालले भने, ‘हावा खाइरहेका छन् । तपाईँहरू देखिरहनुभएको छ—सिङै देशमा हाम्रो पार्टी आफ्नै गतिविधिका साथ अगाडि बढिरहेको छ । सङ्गठन निर्माणको अभियानमा जुटेको छ ।’

तत्काल जारी गतिबिधी

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबको कार्यक्रममा बोलेर निस्कने क्रममा गाडी नचढ्दै यादवमाथि खुकुरी प्रहार भएको रिपोर्टर्स...

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । संविधानको धारा १६८ (३) अन्तर्गत कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि...

मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा...

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले नेकपा एसलाई समाप्त...