भारतमा अहिले २४ घण्टामा मात्र थप २२ हजार भन्दा बढि कोरोना सङ्क्रमित


एजेन्सी । छिमेकि देश भारतमा शनिबारसम्म ६ लाख ४८ हजार ३१५ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहिलेसम्म तीन लाख ९४ हजार २२७ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।” । भारतको संघीय मन्त्रालयका अनुसार १८ हजार ६५५ को मृत्यु भैसकेको छ । भारतमा अहिले २४ घण्टामा मात्र थप २२ हजार ७७१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ र ४४२ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक प्रेस विज्ञप्ति सहित जानकारी गराइएको छ ।
भारत मा कोरोनाका काअरण धेरै समय देखि अन्तराष्ट्रिय उडानहरू ठप्प रहेका छन् भने अझै जुलाई ३१ सम्मका लागि व्यवसायिकअन्तराष्ट्रिय उडानहरूलाई सञ्चालनमा नल्याउने भारतिय नागरिक उड्डयन प्राधिकरणले जनाएका छन् । अहिले भारतीय बजारहरूमा भने निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन सङ्क्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगहरूलाई सञ्चालन गरिरहेका छन् भने विद्यालय, सिनेमा हल लगाएत अन्य ठूलो जमघट हुने स्थानहरू अझै ठप्प नै रहेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE