शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

उपत्यका पृतना अन्तरगतका युनिटलाई क्रमागत रुपमा दिइने जिम्मेवारी अनुसार महिला मात्र रहेको गोरखकाली गुल्मका सैनिकहरुले शव व्यवस्थापन गर्ने

उपत्यका पृतना अन्तरगतका युनिटलाई क्रमागत रुपमा दिइने जिम्मेवारी अनुसार महिला मात्र रहेको गोरखकाली गुल्मका सैनिकहरुले शव व्यवस्थापन गर्ने गरेका छन् ।

हरेक सैनिक कार्यमा महिला सहभागितालाई बढाउँदै लैजाने सेनाको समावेशिताको नीति अनुसार महिलालाई शव व्यवस्थापनमा खटाइएको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेल भन्छन्, ‘गत २६ असोजदेखि नै महिला सैनिकको टोलीले शव व्यवस्थापन गरिरहेको छ ।’

महिला मलामी जानुहुन्न भन्ने परम्परागत मान्यतालाई तोड्दै संकटको समयमा खटिँदा गर्व महसुस भएको महिला सैनिकहरु बताउँछन् । स्वच्छाले शव व्यवस्थापनमा खटिएको बताउने सैनिकहरुलाई दुई हप्तासम्म तालिम दिएर कार्यक्षेत्रमा पठाइएको अधिकृतहरु बताउँछन् ।

हालसम्म नेपाली सेनाले झण्डै ३ हजार शव व्यवस्थापन गरिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
News Post
Admin
3 years ago

asagfg

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x