भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा सहकारीको बचत फिर्ता
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरण सार्वजनिक गरिएको छ । विवरणअनुसार ६ हजार १५५ जना सहकारीका बचतकर्ताले पूरै बचत फिर्ता पाएका छन् ।
हालसम्म १ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ राफसाफ गरिएको छ । कात्तिक १२ गतेसम्म आंशिक भुक्तानी भएका बचतकर्ताको संख्य ४३८ छ । उनीहरूको ३ करोड १ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
अब ५६ हजार ६०५ जना बचतकर्ताको राफसाफ गर्न बाँकी छ । उनीहरूको कुल ३८ अर्ब ४२ करोड ३ लाख बचत फिर्ता गर्नुपर्नेछ ।
WRITE COMMENTS FOR THIS ARTICLE