कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण

0
2

काठमाडौं। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

संविधानको धारा १६८ (३) अन्तर्गत कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनलाई सर्वोच्च अदालतले मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको थियो ।

उनी निवर्तमान मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीको समेत मत लिएपछि भदौ ६ गते सर्वोच्च गएका थिए ।

कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री हुने भएका छन् । मेन्याङ्बोले यसअघि कार्की नेतृत्वमै यही मन्त्रालय सम्हालेका थिए ।

त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ लिएका छन् ।

त्यस्तै, भोजपुरका समानुपातिक सांसद सृजना राई सामाजिक विकास राज्यमन्त्रीले समेत शपथ लिएकी छन् ।

LEAVE A REPLY