नेता कुँवरलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग (विज्ञप्तीसहित)
युवा कम्युनिष्ट लिगका कार्यवाहक अध्यक्ष प्रकाश दुमी राईले आज एक विज्ञप्ती जारी गर्दै त्यस्तो माग गरेका हुन

काठमाडौ । नेकपा (माओवादी केन्द्र) को उत्तराधीकारवाला संगठन युवा कम्युनिष्ट लिग (वाइसिएल) ले आफ्नो संगठनका नेता पदम कुँवरलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।
युवा कम्युनिष्ट लिगका कार्यवाहक अध्यक्ष प्रकाश दुमी राईले आज एक विज्ञप्ती जारी गर्दै त्यस्तो माग गरेका हुन ।
जारी गरिएको विज्ञप्तीमा वाइसिएलको प्रदेश तीनका इन्चार्ज समेत रहेका नेता कुँवरलाई प्रहरीले वानेश्वरबाट गत शनिबार गिरफ्तार गरेको जनाइएको छ ।
आफ्ना नेताको गिरफ्तारप्रति युवा कम्युनिष्ट लिगले घोर निन्दा तथा भत्र्सना गर्दै उनलाई तत्काल रिहा नगरेमा संगठनले जस्तोसुकै संघर्ष समेत गर्न बाँध्य हुने भन्दै सरकारलाई चेतावनी दिएको छ ।
नेता कुँवरलाई वानेश्वर प्रहरी वृतमा राखिएको वाइसिएलका केन्द्रीय सचिव समेत रहेका नेता कपिल सिजापतिले हरपल नेपाललाई बताएका छन ।
सिजापतिले आफ्नो संगठनले गिरफ्तार गरिएका नेता कुँवरलाई भेटेर उनको अवस्था र घटनाको विषयमा जानकारी लिएको बताएका छन् ।
संघर्षको प्रकृयाबाट हुने क्षतीको जिम्मा वर्तमान ओली सरकार र गृहमन्त्री बादलले लिनुपर्ने समेत विज्ञप्तीमा जनाइएको छ ।
गिरफ्तार परेका कुँवरले ७ बर्षअघि पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक कार्यक्रममा थप्पड हानेका थिए । बाँकी विज्ञप्तीको पूर्णपाठ यस्तो छ…..
WRITE COMMENTS FOR THIS ARTICLE