आधुनिक खेती : भ्रम र यथार्थ


कृत्रिम रसायनको दीर्घकालीन प्रभावबारे अल्बर्ट हवार्डले आजभन्दा ८० वर्ष पहिले आफ्नो पुस्तक एन एग्रिकल्चर टेस्टामेन्ट अर्थात खेतीपातीको विवेक भन्ने पुस्तकमा सटिक मर्म उल्लेख गरेका छन् । उनले लेखेका छन्– कृत्रिम मल (रसायन) को प्रयोगले स्वतः कृत्रिम पोषण, कृत्रिम खाना, कृत्रिम बस्तुभाउ र अन्ततः कृत्रिम मानव (महिला र पुरुष) बन्ने प्रक्रिया भइरहेको छ ।
खेतीपातीलाई औद्योगिकीकरण, यान्त्रीकरण, आधुनिकीकरण र व्यापारीकरण गर्ने प्रक्रिया १७औँ शताब्दीदेखि सुरु भएको हो । औद्योगिक क्रान्ति भनिने खनिज ऊर्जामा आधारित यान्त्रीकरणसँगै यो कृषिमा आधुनीकरण भएको हो । योभन्दा पहिले पनि जनावर, हावा, पानी र अन्य बस्तुको सहायताले मानवीय श्रमलाई सहज बनाउन यन्त्रहरूको प्रयोग गर्ने चलन थियो । १७औँ शताब्दीको सुरुमा बाफबाट चल्ने यस्ता यन्त्रहरु बसाइँसराइ, स्रोतहरूको दोहन र ओसार पसार गर्न गरिन्थ्यो । पछि कोइला हुँदै खनिज तेलबाट चल्ने यस्ता यन्त्रको आविष्कार भयो ।
योसँगै फैलिएको खनिज स्रोतको खोसाखोसको होडबाजीले विश्वव्यापि साम्राज्य फैलियो । २०औँ शताब्दीको सुरुदेखि खेतीपातीलाई धेरै उत्पादन लिन सकिने बनाउने लालसा देखाउँदै किसानलाई यस्ता यन्त्र मात्र थमाइएन, बिरुवालाई चाहिने खाद्यतत्व बढाउन भन्दै कृत्रिम रासायनिक मलको समेत आविष्कार गरियो । यसको प्रयोग युरोपमा आजभन्दा १०० वर्ष अगाडि नै सुरु भएको थियो । यी कुराले खेतीपातीको समग्र प्रक्रियालाई आधुनिकीकरण गर्दै बिचौलिया र दलालका हातमा पुर्याइदियो । यो क्रम अहिले पनि निरन्तर जारी
WRITE COMMENTS FOR THIS ARTICLE