बुधबार, चैत्र २६, २०८१
Wednesday, April 9, 2025

चट्याङ लागेर मृत्यु भएका परिवारलाई जनही एक एकलाख रुपैया सहयोग गर्ने प्रदेश २ को सरकार को घोषणा

काठमाडौं ।  प्रदेश २ सरकारले बारामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई जनही एक एकलाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले चट्याङ पीडित परिवारलाई एक–एकलाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । साथै चट्याङ लागेर घाइते भएका सबैको उपचार खर्च प्रदेश सरकारले दिने मन्त्री सोनलले बताए ।

बिहिवार बिहान परेको वर्षासँगै बाराको कलैया नगरक्षेत्र अन्तरगतका २ जना महिलाको खेतमा धान रोपाइँ गर्न गएको समयमा चट्याङ लागेर मृत्यु भएको थियो । त्यसैगरी फेंटा गाउँमा घरमाथि चट्याङ खस्दा २ महिला गरि ४ जनाको मृत्यु भएको थियो । चट्याङ लागेर १० जना घाइते भएका छन् ।

फेंटा गाउँपालिकाको ७ जना, कलैयाको  २ जना र सुवर्ण गाउँपालिकाको १ जना गरी १० जना चट्याङ लागेर घाइते भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । घाइतेमध्ये एकजना गम्भिर र अन्य सामान्य अवस्थामा रहेका छन् । घाइते ७ जनाको वीरगञ्ज र ३ जनाको कलैया अस्पतालमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x