बुधबार, पुस २४, २०८१
Wednesday, January 8, 2025

निषेधको राजनीति नगर्न पूर्वराजाको आग्रह, आफ्नो जन्मदिन उत्सवका रुपमा नमनाउने

अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा शाहले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने बताएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले असार २३ मा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने घोषणा पनि गरेका छन्। बुधबार एक सन्देश जारी गर्दै कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका छन्। कोरोनाबाट मृत्यु भएकाहरूप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश फर्किएकालाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन्। ‘राष्ट्रियता नै हाम्रो मूल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो। यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतीतबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो।’ उनले सन्देशमा उल्लेख गरेका छन्।

सन्देशमा उनले हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारबार किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जीविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ रु रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दाबल्दा र दुखद् विषय सन्दर्भमा पनि किन सधैंभरी विवाद आइरहन्छ? भन्ने प्रश्न राखेका छन्।

भ्रष्टाचार, लापरवाही, पक्षपातजस्ता विषय आइरहेको उल्लेख गर्दै पूर्वराजाले ‘यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरू, तमाम देशभक्त स्वतन्त्र नागरिकहरू सडक संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहन्छ ? यो सोचनीय विषय भएको बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

2
0
Would love your thoughts, please comment.x
()
x