नेपालमा कोरोना संक्रमणका कारण २८ औ व्यक्तिको मृत्यु

१२ असार, काठमाडौं । पछिल्लो २४ घण्टायता नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबारको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कैलालीका ५० वर्षीय एक पुरुषको कोरोनाबाट ज्यान गएको जानकारी दिए ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या २८ पुगेको छ ।
यता, संक्रमितकाे संख्या १२ हजार नाघेकाे छ । पछिल्लाे २४ घण्टामा थप ५५४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या १२ हजार ३०९ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या २ हजार ८३४ पुगेको छ । आज थप १३६ जना काेराेना जितेर घर फर्किएका हुन् ।
नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या २ हजार ८३४ पुगेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE