बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि बुटवल वितरण केन्द्रअन्तर्गतका दुई उद्योगको विद्युत् लाइन जोडिए
काठमाडाैं । बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि बुटवल वितरण केन्द्रअन्तर्गतका दुई उद्योगको विद्युत् लाइन जोडिएको छ । बुटवल वितरण केन्द्रअन्तर्गत रहेका जिबी टेक्टाइल र जिबी टेक्साइलले पहिलो किस्ताबापत क्रमशः ३५ लाख ३७ हजार रुपैयाँ र १४ लाख १२ हजार रुपैयाँ शुक्रबार बुझाएपछि विद्युत् लाइन जोडिएको हो ।
चरम लोडसेडिङका वेला २४ सै घण्टा विद्युत् उपभोग गरेर वर्षौँसम्म अर्बौँ बक्यौता नबुझाएका उद्योगहरूले थप पाएको तीनमहिने अवधिमा पनि तिर्न अटेरी गरेपछि विद्युत् प्राधिकरणले बिहीबार ४३ उद्योगको लाइन काटिदिएको थियो ।
प्रधानमन्त्री र ऊर्जामन्त्रीको दबाबका बाबजुद नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि शुक्रबार दुई उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएका हुन् ।
WRITE COMMENTS FOR THIS ARTICLE