बर्षाका कारण १ अर्ब ४५ करोड ७८ लाख ३५ हजार रुपैंया मूल्य बरावरको कृषिबाली क्षति
गत असोजको दोस्रो हप्तादेखि परेको अविरल बर्षाका कारण बागमती प्रदेशको १३ जिल्लामाल्लामा अनुमानित १ अर्ब ४५ करोड ७८ लाख ३५ हजार रुपैंया मूल्य बरावरको कृषिबाली क्षति भएको छ। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उक्त मनसुनजन्य विपत्ले प्रदेशको ६ हजार ८७७.३ हेक्टर जमिनमा बाढी-पहिरोले क्षति पुर्यायाउँदा सो रकम बराबरको कृषिबाली क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो।
मन्त्रालयको अनुमानित तथ्यांक अनुसार चितवनमा ४ करोड ८४ लाख ८६ हजार रुपैंया बरावरको कृषिबाली क्षति भएको छ। चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा मनसुनजन्य विपद्ले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ। जसमा माडी नगरपालिकामा ३३ लाख ६४ हजार र इच्छाकामना गाउँपालिकामा ४ करोड ५१ लाख २२ हजार रुपैंया बरावरको कृषि धनमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, मकवानपुरमा कुल ४५ करोड ७७ लाख ६९ हजार रुपैंया बराबरको कृषिबाली क्षति भएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख सुजन कँडेलले बताए। उनका अनुसार मकवानपुरको कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका बाहेक ७ स्थानीय तहमा सो रकम बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताइएको छ। मकवानपुरको ३ हजार २७४ हेक्टर क्षेत्रफलमा लगाइएको अन्नबाली तथा नगदेबालीमा क्षति पुगेको बताइएको छ।
सिन्धुलीमा कुल ८६७ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको मन्त्रलालयको प्रारम्भिक अनुमान छ। जसबाट सिन्धुलीका ७ वटा स्थानीय तहमा ९ करोड ८८ लाख ३८ हजार रुपैंया मुल्य बराबरको क्षति भएको बताइएको छ। सिन्धुलीमा तरकारी खेति गरिएका १८ वटा टडेलमा बाढी पहिरोले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ।
यस्तै, काभ्रेमा ४७ करोड ६ लाख ९१ हजार रपैंया मुल्य बराबरको कृषिबालीमा क्षति पुगेको मन्त्रालयको प्रारम्भिक अनुमान छ। काभ्रेको १३ वटा स्थानीय तहको १ हजार २३६।१ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबाली क्षति भएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखाले जनाएको छ।
रसुवामा ८.३ हेक्टर जमिनमा लगाइएको कृषिबाली क्षति हुँदा १७ लाख २५ हजार रुपैंया बरावरको कृषि बालीमा क्षति पुगेको बताइएको छ भने नुवाकोटमा १९८.४८ हेक्टर जमिनमा लगाइएको कृषिबालीमा बाढी पहिरोको प्रभावले २ करोड २३ लाख ४३ हजार रुपैंया बराबरको कृषि धनमा क्षति पुगेको प्रदेशको कृषि मन्त्रालयको प्रारम्भिक अनुमान छ।
यता, ललितपुरमा ५६१.८ हेक्टर जमिनमा लगाइएको कृषिबालीमा क्षति पुग्दा १८ करोड ९६ लाख ५३ हजार रुपैंया बरावरको क्षति भएको मन्त्रालयको अनुमान छ भने भक्तपुरमा १६८.५ हेक्टरमा बाढी पहिरोले प्रभावित हुँदा ६ करोड ९९ लाख ८६ हजार रुपैंया बरावरको क्षति पुगेको मन्त्रालयको प्रारम्भिक अनुमान छ।
काठमाडौंमा ३ करोड १ लाख ५९ हजार रुपैंया बरावरको कृषिबाली क्षति भएको मन्त्रालयको प्रारम्भिक अनुमान छ भने रामेछापमा २ करोड ३६ लाख ३२ हजार र दोलखामा ७ लाख १२ हजार रुपैंया मुल्य बराबरको कृषिबाली क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। बागमतीमा रहेका १३ जिल्लाहरुमध्ये सिन्धुपाल्चोकमा भने उक्त मनसुनजन्य विपद्ले कुनै क्षति नपुगेको मन्त्रालयले जनाएको छ।
हाल सार्वजनिक गरिएको यो विवरण प्रारम्भिक विवरण रहेको र स्थानीय तहहरुबाट क्षति लागत तथ्यांक संकलन कार्य जारी रहेको मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख कँडेलले बताए। ‘यो विवरण नै अन्तिम तथ्यांकको विवरण होइन, उनले भने, ’आधिकारिक विवरण प्राप्त भएपश्चात् पुनः संशोधित विवरण प्रेशण गरिन्छ।’
WRITE COMMENTS FOR THIS ARTICLE