बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024

सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको हो ।

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको जानकारी दिदै बाँकी सदस्यको नाम २४ घण्टापछि सार्बजनिक गरिने बताएका छन् ।

यसैगरी बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डल कात्तिक २५ गते ५ दिने भ्रमणका लागि अजरबैजानको बाकु जाने भएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हाे । बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल नेतृत्वको टोली त्यसतर्फ जान लागेको हो । राष्ट्रपति नेतृत्वको भ्रमण टोलीको खर्च नेपाल सरकारले बेहोर्ने निर्णय पनि भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x