बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ अन्तिम समयमा स्थगित गरिए

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ अन्तिम समयमा स्थगित गरिएको छ।

दुवै प्रस्तावित न्यायाधीश र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको आज कात्तिक १४ गते नै सुनुवाइ गर्ने भनी संसदीय सुनुवाइ समितिको गत सोमबार बसेको बैठकले निर्णय गरेको थियो।

सोही निर्णयअनुसार सचिवालयले सुनुवाइ समितिका १५ जना सदस्यलाई सूचित गरिएको थियो। प्रस्तावित न्यायाधीश र राजदूतलाई पनि त्यसैअनुसार पत्राचार गरिएको थियो।

तर, बिहीबार बिहान लम्सालको मात्र सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरिदियो। प्रस्तावित न्यायाधीशद्वयलाई सुनुवाइ स्थगित गरिएको सूचना पठाइयो।

‘केही माननीयज्यूले आफ्नो अरू काम भएकाले चाँडै निस्कनुपर्ने भएकाले न्यायाधीशको सुनुवाइ अर्को दिन गरौँ भन्नुभयो,’ समिति स्रोतले भन्यो, ‘त्यसैले आज हुन सकेन।’

अब प्रस्तावित न्यायाधीशद्वयको सुनुवाइ कात्तिक २३ गते तोकिएको छ।

निरौला पाटन उच्च अदालतको मुख्य न्यायाधीशका रूपमा कार्यरत छन् भने पाण्डे तुल्सीपुर उच्च अदालतका मुख्य न्यायाधीश हुन्। नेपाल बार एसोसिएसनको नेतृत्वले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो। न्याय परिषद्को बैठक बसिरहँदा बार पदाधिकारीले बाहिर धर्ना दिएका थिए।

बार अध्यक्ष गोपालकृष्ण घिमिरेले दिएको विवादित अभिव्यक्तिविरुद्ध सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारबाही अघि बढाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x