Page 2

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता

0

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुअघि रुस र युक्रेनबीच जारी युद्धबारे आफ्नो अडान बताएका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध लगभग तुरुन्तै अन्त्य गर्न सक्छन् वा लडाइँ जारी राख्न सक्छन्।’

उनले अगाडि भनेका छन्, ‘याद गर्नुहोस्- यसको सुरुवात कसरी भएको थियो? ओबामाले दिएको क्रिमिया फिर्ता हुनेछैन (१२ वर्ष पहिले एउटा पनि गोली नचलाईकन) र, युक्रेन नेटोमा सामेल हुनेछैन। केही कुरा कहिल्यै परिवर्तन हुँदैनन्।’

अमेरिकाका राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्की आज वासिङ्टनमा भेट गर्ने कार्यक्रम छ। जसमा बेलायतका प्रधानमन्त्री केयर स्टारमरका साथै धेरै युरोपेली नेता सहभागी हुनेछन्।

ट्रम्पसँग भेटवार्ताका लागि जेलेन्स्की आज  अमेरिकाको वासिङ्टन जाँदै छन्। यसअघि आइतबार जेलेन्स्की बेल्जियमको राजधानी ब्रसेल्स पुगेका छन्। त्यहाँ बेलायत र युरोपेली संघका नेताहरूसँग भर्चुअल बैठक गर्न पुगेको उनले बताएका छन्।

बीबीसीका अनुसार यी हुन्

ट्रम्प-जेलेन्स्की बैठकमा भाग लिने नेताहरू

-बेलायती प्रधानमन्त्री केयर स्टारमर

-इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी

-जर्मन चान्सलर फ्रेडरिक मर्ज

-फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टब

-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

-नेटो महासचिव मार्क रुट

-युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन

उच्च रक्तचापमा के खाने ?

0

उच्च रक्तचाप हुने विभिन्न कारण छन् । त्यसमध्ये एउटा प्रमुख कारण हो, खानपान । कति यस्ता खानेकुरा छन्, जसले रक्तचाप बढाउँछ । चुरोट, रक्सी, प्रशोधिन खानेकुरा, बढी चिल्लो र बढी नुन भएको खाना आदि उच्च रक्तचाप बढाउने खानेकुरा हुन् । रक्तचाप नियन्त्रणमा राख्ने सबैभन्दा ठूलो औषधि हो, सही खानपान । त्यसैले उच्च रक्तचापको समस्यामा औषधिले रक्तचाप नियन्त्रण हुन्छ तर त्यससँगै खानपान पनि बदल्नुपर्ने हुन्छ ।

उच्च रक्तचापमा के खाने ?
उच्च रक्तचाप नियन्त्रण गर्न पोटासियम, म्याग्नेसियम, क्याल्सियम र फाइबरयुक्त खानेकुरा उपयुक्त हुन्छन् । यस्ता खानेकुराले रक्तनलीलाई आराम दिछ, सोडियमको प्रभाव कम गर्न र रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

पोटासियमयुक्त खानेकुरा

पोटासियमले शरीरमा सोडियमको स्तर सन्तुलनमा राख्छ र रक्त नलीको तनाव कम गर्छ ।

फलफूल

सुन्तला, मौसम, मेवा, खरबुजा, एभोकाडो, अमला, स्याउ, नासपती

तरकारी

पालुङ्गो, ब्रोकाउली, बन्दागोभी, चुकन्दर, गाँजर, लौका, फर्सी, करेला, टमाटर, काँक्रो ।

क्याल्सियम र म्याग्नेसियमयुक्त खानेकुरा

क्याल्सियम र म्याग्नेसियमले रक्तनलीलाई स्वस्थ राख्छ र रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।

क्याल्सियमः कम चिल्लो भएको दूध, दही, मोही, पनिर, तोफु ।

म्याग्नेसियमः  भटमास, गेडागुडी, हरियो साग, ओखर, बदाम ।

फाइबरयुक्त खानेकुरा

फाइबरले कोलेस्ट्रोल र रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

अन्नः कोदो, फापर, ब्राउन राइस, क्विन्वा ओट्स ।

गेडागुडीः मुसुरो, राजमा, बोडी, चना ।

सागसब्जीः पालुङ्गो, रायो, ब्रोकाउली, स्याउ।

स्वस्थ प्रोटिन

प्रोटिनले मांसपेशी र रक्तनलीलाई बलियो बनाउँछ ।

छाला हटाएको कुखुराको मासु, सिजनल माछा, अण्डा दिनमा १–२ वटा, तोफू, गेडागुडी ।

नट्स र सिड्स

नट्स र सिड्समा स्वस्थ फ्याट र म्याग्नेसियम हुन्छ ।

नट्सरसिड्सः आलस तिल, फर्सीको बीउ, चिया सिड, ओखर, बदाम ।

स्वस्थ तेल

स्वस्थ तेलले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा सहयोग गर्छ ।

तेलः खाना बनाउँदा शुद्ध तोरीको तेल, ओलिभ आयल प्रयोग गर्ने ।

मसला र जडीबुटी

केही मसलाले रक्तनलीलाई आराम दिन्छ र रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।

मसलाः लसुन, अदुवा, बेसार, दालचिनी, तुलसी, मरिच ।

पेय पदार्थ

स्वस्थ पेयले हाइड्रेशन र रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।

नरिवल पानी, चुकन्दरको जुस, कागती पानी, तुलसीरदालचिनी चिया, बेसार(दूध ।

के नखाने ?

उच्च रक्तचापमा केही खानेकुराले रक्तचाप बढाउन सक्छ र जटिलता निम्त्याउन सक्छ । त्यसैले यी खानेकुरालाई पूर्णरूपमा बन्द गर्ने वा सकेसम्म कम खानुपर्छ ।

उच्च सोडियमयुक्त खानेकुरा

प्याकेट बन्द खाना स् चाउचाउ, चिप्स, प्याकेट सुप, क्यानमा पाइने टुना, बेक्ड बिन्स बजारको अचार, सोया सस । घरमै अचार बनाउँदा पनि नुन र तेल कम प्रयोग गर्नुपर्छ ।

प्रशोधित मासुः ससेज, ह्याम, बेकन

अस्वस्थ चिल्लोः तारेको फास्ट फुड पिज्जा, बर्गर, फ्रेन्च फ्राइज, रातो मासु बोसोयुक्त, बेकरी आइटम केक, कुकीज, पेस्ट्री ।

गुलियो र प्रशोधित खानेकुराः कोल्ड ड्रिंक्स, एनर्जी ड्रिङ्क, मिठाई, चिनीयुक्त जुस, चकलेट ।

अत्यधिक क्याफिनः कफी, चिया दिनमा १ कपमा सीमित गर्नुपर्छ । क्याफिनले रक्तचाप तत्काल बढाउन सक्छ, त्यसैले सावधानी अपनाउनुपर्छ ।

रक्सी र चुरोटः रक्सी, चुरोट र सुर्तीजन्य पदार्थले रक्तनलीलाई साँघुरो बनाउँछ, त्यसैले यस्ता कुरा सेवन गर्न पूर्ण रूपमा छाड्नुपर्छ ।

उच्च रक्तचापका लागि एक दिनको नमुना डाइट चार्ट

बिहान

१ गिलास मनतातो पानीमा आधा कागती निचोरेर (ग्यास्ट्रिक छैन भने)वा १ गिलास नरिवल पानी वा १ गिलास चुकन्दरको जुस वा १ गिलास मनतातो पानीमा १ चम्चा आलसको धुलो वा टुसाएको मेथीको बीउ ।

बिहानको खाजा

१ कचौरा कोदो र फापरको खोले लसुन र अदुवाले झानेर । वा, १–२ वटा उमालेको अण्डा पहेँलो भागसहित वा १ कचौरा ओट्स नुन कम, हरियो साग मिसाएर ।

३–४ चम्चा पालुङ्गो, ब्रोकाउली वा अन्य हरियो साग पोटासियम र फाइबरका लागि ।

चुकन्दर, गाजर, टमाटर, काँक्रोको सलाद

१ कप कम चिल्लो भएको दही वा मोही ।

बिहानको खाना

१ कचौरा ब्राउन राइस, चिनो, वा कोदो÷फापरको भात ।

१ कचौरा मुसुरोररहरको दाल, पोटासियम र फाइबरको लागि ।

३–४ चम्चा हरियो साग पालुङ्गो, रायो, वा अन्य करेला, लौका वा फर्सी कम क्यालोरी, उच्च पोटासियमका लागि ।

१ कचौरा टमाटर, चुकन्दर, वा गाजरको सलाद ।

१र२ टुक्रा छाला हटाएको चिकेन, तोपु, वा सिजनल माछा वा १ कचौरा गेडागुडी जस्तैः राजमा, बोडी ।

दिउँसोको खाजा

१ केरा, १ सुन्तला, १ किवी, वा आधा मेवा, पोटासियम र फाइबरका लागि ।

१ मुठ्ठी भुटेको तिल, चना वा आलस नुन नहालेको वा २–३ वटा ओखर

१ गिलास नरिवल पानी वा मोही कम चिल्लो भएको ।

साँझको स्न्याक्स

१ स्याउ, आधा एभोकाडो, वा १ सुन्तला ।

१ मुठ्ठी फर्सीको बीउ वा भुटेको चना नुन नहालेको ।

१ कप कागतीको चिया वा तुलसीको चिया बिना चिनी ।

रातिको खाना

१ कचौरा तरकारीको सुप तोफु, पालुङ्गो वा ब्रोकाउली मिसाएर वा १ कचौरा हल्का भात ब्राउन राइस ।

१–२ टुक्रा छाला हटाएको चिकेन वा सिजनल माछा ।

तरकारी, साग ३–४ चम्चा हरियो साग पालुङ्गो, ब्रोकाउली वा करेला ।

सलादमा चुकन्दर, टमाटर वा गाजरको सलाद नुन कम वा बिनानुन ।

थप सुझाव र सावधानी

उच्च रक्तचापको समस्यामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । दिनमा ५–६ ग्राम १ चम्चा भन्दा कम नुन प्रयोग गर्नुपर्छ । घरको अचार बनाउँदा नुन र तेल कम प्रयोग गर्नुपर्छ ।

रेस्टुरेन्टको खाना र प्याकेट बन्द खानामा नुनको मात्रा धेरै हुन्छ, त्यसैले त्यस्ता खाना भन्दा सकेसम्म घरमै बनेको खाना खानुपर्छ ।

दिनमा २–३ लिटर पानी पिउनुपर्छ । यसले सोडियमलाई पातलो बनाउँछ र रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।

खानालाई उमालेर, बफाएर, ग्रिल गरेर वा हल्का भुटेर खाना बनाउनुपर्छ । तेलमा तार्ने र डिप–फ्राइङ गर्नु हुँदैन ।

दैनिक ३०–४० मिनेट हल्का व्यायाम हिँड्ने, योग, साइक्लिङ गर्नुपर्छ ।

रक्तचाप नियन्त्रणका लागि प्राणायाम गहिरो सास लिने अभ्यास र ध्यान उपयोगी हुन्छ ।

तनावले रक्तचाप बढाउन सक्छ । त्यसैले तनाव नियन्त्रण गर्न ध्यान, योग, गहिरो सास लिने अभ्यास वा रमाइलो गतिविधिमा संलग्न हुनुपर्छ ।

प्रेमिको घरमा गएकी किशोरीको मृत्यु

0

ललितपुरमा प्रेमिको घरमा गएकी किशोरीको मृत्यु भएपछि किशोर उमेरकै उनका केटासाथी पक्राउ परेका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका-३ बोझेपोखरी घर भएकी करिब १८ वर्षीया किशोरीको मृत्यु भएपछि उनका प्रेमी ललितपुरकै इमाडोलका १८ वर्षीय आर्यन पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।

‘प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू प्रेमिप्रेमिका रहेको खुलेको छ,’ एसपी जोशीले नेपालखबरसँग भने, ‘किशोरीको मृत्युपछि किशोरलाई हामीले पक्राउ गरेका छौँ। किशोरीको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।’

किशोरसँगै हुँदा बेहोस भएकी किशोरीलाई बुधबार दिँउँसाे उपचारको लागि ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो। त्यहाँ पुर्‍याउँदा चिकित्सकले उनको पहिल्यै मृत्यु भइसकेको पुष्टि गरेका थिए।

प्रहरीका अनुसार ती किशोरी बुधबार दिउँसो करिब १२ बजेतिर इमाडोल बस्ने आफ्ना प्रेमी पाण्डेको घरमा गएकी थिइन्।

सामाजिक सञ्जालमार्फत चिनजान भएपछि उनीहरु केही महिनायता प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रेम सम्बन्ध बढ्दै गएपछि उनीहरूले भेट्ने सल्लाह गरेका थिए। त्यसपछि किशोरी पहिलोपटक प्रेमीको घर पुगेकी थिइन्।

बुधबार दिउँसो दुईजना कोठामा बसिरहँदा किशोरी एक्कासी  बेहोस भएको किशोरले प्रहरीलाई जानकारी गराएका छन्। बेहोस भएपछि ती किशोरले आफ्ना बुबालाई खबर गरेका थिए।

खबर गरेपछि पुगेका किशोरका बुवाले किशोरीलाई किष्ट अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले उनको पहिल्यै मृत्यु भइसकेको पुष्टि गरेका हुन्।

घटनापछि किशोरलाई प्रहरी वृत्त सातदोबाटोबाट गएका प्रहरीले पक्राउ गरेका छन्।  सातदोबाटो प्रहरीकाे हिरासतमा राखेर उनीमाथि घटनाबारे थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

‘मृत्युको कारण खुलिसकेको छैन,’ एसपी जोशीले भने, ‘पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको खास कारण खुल्ला।’ किशोरीले किशोरलाई दिएको ‘लभलेटर’ पनि घटनास्थलमा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरू कक्षा १२ मा पढ्ने विद्यार्थी भएको पनि जानकारी दिएको छ।

चीनमा चिकनगुनिया भाइरसको प्रकोप

0

ताइवान । चीनमा चिकनगुनिया भाइरसको प्रकोपले अधिकारीहरूलाई मच्छडदानीदेखि कीटाणुनाशकको उपयोगबाट रोकथामका उपायहरू अपनाउन प्रेरित गरेको छ ।

साथै जमेको पानी फाल्न असफल भएका मानिसहरूलाई जरिवाना गर्ने धम्की दिइएको छ र लामखुट्टेको प्रजनन स्थलहरू खोज्न ड्रोनहरू समेत तैनाथ गरिएको छ ।

बुधबारसम्म यस रोगका सात हजारभन्दा बढी घटना रिपोर्ट गरिएको छ, जुन मुख्य रूपमा हङकङ नजिकैको फोसनको उत्पादन केन्द्रमा केन्द्रित छ । यहाँ एउटा मात्र केस रिपोर्ट गरिएको छ । अधिकारीहरूका अनुसार नयाँ सङ्क्रमितको सङ्ख्या बिस्तारै घट्दै गएको देखिन्छ ।

चिकनगुनिया लामखुट्टेबाट फैलिन्छ र यसले डेङ्गु ज्वरो जस्तै ज्वरो र जोर्नी दुखाइ निम्त्याउँछ । यसमा युवाहरू, वृद्धहरू र पहिले नै चिकित्सा अवस्था भएकाहरू बढी जोखिममा हुन्छन् ।

चिनियाँ राज्य टेलिभिजनले कामदारहरूले सहरका सडकहरू, आवासीय क्षेत्रहरू, निर्माण स्थलहरू र अन्य क्षेत्रहरू जहाँ मानिसहरू जमेको पानीमा जन्मिने भाइरस बोक्ने लामखुट्टेसँग सम्पर्कमा आउनसक्ने ठाउँहरूमा कीटाणुनाशक छर्केको देखाएको छ ।

कामदारहरूले कार्यालय भवनहरूमा प्रवेश गर्नुअघि केही ठाउँहरूमा छर्काइ गरे । यो कोभिड–१९ भाइरससँग लड्न प्रयोग गरिएको चीनका विवादास्पद कडा रणनीतिहरूको पुनरागमन हो ।

बोतल, फूलदानी वा अन्य बाहिरी भाँडाहरू खाली नगर्ने मानिसहरूलाई १० हजार युआन (एक हजार चार सय डलर) सम्म जरिवाना गरिन सक्छ र तिनीहरूको बिजुली काटिन सक्छ ।

अमेरिकाले आफ्ना नागरिकहरूलाई चीनको गुआङ्गडोङ्ग प्रान्त, डोङ्गुआन र अन्य धेरै व्यापारिक केन्द्रहरू, बोलिभिया र हिन्द महासागरका टापु राष्ट्रहरू जस्ता देशहरूमा नजान भन्दै यात्रा सल्लाह जारी गरेको छ । ब्राजिल यो भाइरसबाट कडा प्रभावित अन्य देशहरूमध्ये एक हो ।

भारी वर्षा र उच्च तापक्रमले चीनमा सङ्कटलाई बिगारेको छ । यो सामान्यतया उष्णकटिबन्धीय क्षेत्रहरूमा सामान्य छ तर यो वर्ष असामान्य रूपमा बलियो भएको छ ।

सन् २००३ को सार्सको घातक प्रकोपपछि चीन दमनकारी उपायहरूमा निपुण भएको छ जसलाई धेरै राष्ट्रले अतिरिक्त मान्छन् ।

यस पटक बिरामीहरूलाई फोसनमा न्यूनतम एक हप्ताका लागि अस्पतालमा बस्न बाध्य पारिएको छ र अधिकारीहरूले छोटो समयका लागि दुई हप्ताको घर क्वारेन्टिन लागू गरेका छन् । रोग मानिसहरूबीच सर्न नसक्ने भएकाले क्वारेन्टिन हटाइएको छ ।

लामखुट्टेको लार्भा खाने माछा र भाइरस बोक्ने कीराहरूलाई खान ठूला लामखुट्टेहरूसँग समेत भाइरसको फैलावट रोक्ने प्रयासका रिपोर्टहरू आएका छन् ।

प्रकोप उन्मूलन गर्न र सार्वजनिक र अन्तर्राष्ट्रिय आलोचनाबाट बच्न चीनको दृढ सङ्कल्पको सङ्केतमा राष्ट्रिय स्तरमा बैठकहरू र प्रोटोकलहरू अपनाइएको छ । रासस

तत्काल जारी गतिबिधी

इजरायल र गाजामा उल्लास छाउँदा नेपालमा सन्ताप

जब हामी समाचारहरूमा ‘मृत भएको’ सुन्छौं, त्यो शब्दले हामीलाई स्तब्ध बनाउँछ। हृदय एकैछिन थामिन्छ त्यही एक नाम, त्यो एक जीवन, त्यो एक आशा सबै...

आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले कतारविरुद्ध जित

आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले कतारविरुद्ध चलाखी जित निकालेको छ। आफ्नो दोस्रो खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो।...

नेपाली फुटबल समर्थकले भने- ‘फुटबल क्यालेन्डरमा होइन, मैदानमा गर’

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पारदर्शी रूपमा नचलेको र फुटबलका नियमित गतिविधि ठप्प भएको विरोधमा आइतबार नेपाली फुटबल समर्थकले सातदोबाटोस्थित एन्फा मुख्यालय...

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...

गोकुल बाँस्कोटाको चेतावनी र ओलीको अडान

काठमाडौं । नेकपा एमालेमा अहिले चलिरहेको दृश्य कुनै सामान्य राजनीतिक असहमति होइन, यो सत्ताको गलियारामा चलिरहेको सुनामीअघि आएको सन्नाटा जस्तो छ। अध्यक्ष केपी शर्मा...