घरजग्गा कारोबार गर्दा लाइसेन्स

0

सरकारको बजेट वक्तव्यमा घरजग्गा कारोबार गर्दा लाइसेन्स लिनुपर्ने व्यवस्था गरिने कुरा केही वर्षदेखि उल्लेख हुँदै आए पनि यो नियमावलीमा व्यवस्था नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन ।
यस व्यवस्थाले घरजग्गा कारोबार अब व्यावसायिक र मर्यादित हुने भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले बताए । देश र जनताको हितमा बन्नुपर्ने ऐन–नियम र विधि–कार्यविधि बनाउन मिहिनेत गरेको र त्यसको नतिजा क्रमश: देखापरेको सम्बद्ध अधिकारीको भनाइ छ ।
राजपत्रमा प्रकाशित सूचना अनुसार प्राकृतिक र कानुनी व्यक्ति वा कानुनी व्यक्तिबीच घरजग्गा सम्बन्धी कारोबार गर्न लाइसेन्स लिन चाहने व्यक्तिका लागि दस्तुर समेत तोकिएको छ ।
एक पटकमा ५ करोड रुपैयाँसम्म कारोबार गर्ने व्यक्तिका हकमा ५ लाख रुपैयाँ चाहिने व्यवस्था गरिएको छ । त्यस्तै एक पटकमा ५ करोडभन्दा घटी वा बढी जतिसुकै रकमको घरजग्गा कारोबार गर्ने व्यक्तिका हकमा १० लाख तोकिएको छ ।
त्यस्तै त्यस्तो लाइसेन्स नवीकरणका लागि समेत शुल्क तोकिएको छ । लाइसेन्स प्राप्त व्यक्तिले लाइसेन्स अवधि समाप्त हुनुभन्दा ३५ दिन अगावै नवीकरण बापत उपनियम १ को खण्ड (क) बमोजिमको कारोबार गर्नेका हकमा ४ लाख लाग्ने छ। खण्ड (ख) बमोजिम कारोबार गर्नेका हकमा ८ लाख दस्तुर तोकिएको छ।
घरजग्गा कारोबार गर्दा गलत सूचना, नक्सा, मूल्य वा स्वामित्व सम्बन्धी झुटो विवरण प्रस्तुत गर्न बन्देज लगाइएको छ । त्यस्ता कम्पनीले लाइसेन्स स्पष्ट देखिने गरी कार्यालय वा कारोबार स्थलमा राख्नुपर्ने छ भने घरजग्गा कारोबार सम्बन्धी अभिलेख राखी प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र विभागमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै निरीक्षण वा सुपरीवेक्षण क्रममा लाइसेन्स दिने अधिकारी वा निजको अधिकार प्राप्त व्यक्तिले माग गरेको विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था समेत नियमावलीमा गरिएको छ ।

चीनमा प्रधानमन्त्री ओली र मोदीबीच भेट नहुने

0

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको सन्दर्भमा भारतीय समकक्षी मोदीसँग कुनै भेटको कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ।

भ्रमण टोलीसँगै रहेका पत्रकार प्रकाश सिलवालले पनि प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ताको कुनै तालिका नरहेको जानकारी दिएका छन्। उनका अनुसार, “भारत भ्रमण पहिले नै तय भइसकेको अवस्थामा चीनमा दुई प्रधानमन्त्रीबीच भेट नहुनु स्वाभाविक हो।”

शनिबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। सो अवसरमा उनले भारत र चीनबीच लिपुलेकलाई व्यापारिक मार्गको रूपमा प्रयोग गर्ने सहमति प्रति नेपालले गम्भीर आपत्ति जनाएको बताएका थिए।

यदि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने भएको भए, ओलीले यही विषयमा चासो व्यक्त गर्ने अपेक्षा गरिएको थियो। प्रधानमन्त्री ओली शनिबार सांघाइ सहयोग संगठनको २५औं शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्।

ओलीले लिपुलेकको कुरा उठाए

0

चीनका राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई लिएर भारत र नेपालबीच रहेको सीमा विवादमा आफूहरु पक्ष बन्न नचाहेको बताएका छन्। चीनको तिन्जियानमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको द्वीपक्षीय वार्तामा लिपुलेकबारे भारत र चीनले हालै गरेको सहमतिबारे नेपालले असहमति जनाएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। सीसँगको भेटमा प्रधानमन्त्री ओलीले सुगौली सन्धि अनुसार महाकाली नदीको पूर्वतर्फका सबै भूभागहरू नेपालका रहेको भन्दै यस मामिलामा चीनले नेपाललाई सहयोग गनुपर्ने मत राखेका थिए।

‘सन् १८१६ को सुगौली सन्धिले नेपालको सीमा निर्धारण गरेको हो। त्योअनुसार महाकालीपूर्वका सबै भूभागहरु नेपाली भूभाग हुन्। नेपालका सार्वभौम भूभाग हुन् नेपालका । लिपुलेकको त्यो भूभाग प्रयोग गर्ने गरी भएको जुन सम्झौता छ, त्यो हुन हुँदैनथ्यो। चीन सरकारले त्यस सम्झौलाई पालना नगरोस्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भेटवार्तापछि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भने, ‘त्यस सम्झौताका सम्बन्धमा नेपालको आपत्ति छ भन्ने स्पष्ट आफ्नो धारणा राख्नुभयो।’

डेल्धुरामा बिहीबार बिहान भएको जिप दुर्घटनाका ४ जनाको मृत्यु

0

घटनाको बिबरण । डडेल्धुरामा बिहीबार बिहान भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ।
डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
दुर्घटनामा नवदुर्गा गाउँपालिका-५ का १८ वर्षीय सुरेश साउद, सोही ठाउँका २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको हो। मृतक अवस्थी शिक्षक हुन। उनी भूमिराज आधारभूत विद्यालय चौडमा पढाउँथिन्।
जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार दुर्घटनामा नवदुर्गा गाउँपालिका-५ की १८ वर्षीया सुशीला विक, सोही ठाउँका ४ वर्षीय प्रतीक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक घाइते भएका छन्। उनीहरूको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ। प्रहरीका अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको थियो।
दुर्घटना हुने कारण । नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडकमा से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो। यो सडग कच्ची तथा पानीले पनी बिगारेको अवस्था थियो ।
जानकारी हुनु पर्ने बिषय । नेपालमा अधिकांस सडगहरु गाडी गुडाउन उपयुक्त नै हुदैन मर्मत गर्नु पर्ने अवस्थाका भए पनी जबरजस्ती गाडिहरु दौडाएको हुन्छ जस्को परीणाम दुर्घटना नै हो । सडगसंग सम्बन्धित निकायहरु यो बिषयमा निस्कृय हुन्छन जस्तै स्थानिय, प्रादेशिक तथा संघिय यातायात बिभागले यो बिषयमा जिम्मेबार हुनु पर्छ । सम्बन्धित निकायहरुलाई खबरदारी गर्ने जिम्मेबारी सम्बन्धित ठाउका जनताहरुको पनी हो । यस्तो दुर्घटनाबाट अकपल्निय ढंगले नेपालमा सैयौको ज्यान अकालमा गैरहेको छ।

नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग

0

नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।
सोमबार बसेको महासङ्घको डिजिटल मिडिया विभागको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम ठप्प पारेको भन्दै तत्काल सुचारु गर्न माग गरेको हो ।
विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार बैठकले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल सुचारु गर्न माग गर्दै २०८२ भदौ ११ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । भदौ १३ गतेदेखि भने कालो ब्यानर राखेर सूचना तथा प्रसारण विभागमा धर्ना दिने निर्णय गरेको छ ।
सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा संशोधनपछि गएको साउन २० गतेदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम रोकिएको छ । सरकारले सञ्चार माध्यम दर्ता ठप्प पारेर नागरिकको संवैधानिक हक हनन् गरेको महासङ्घको भनाइ छ ।अनलाइन सञ्चारमाध्यम नवीकरण नहुँदा पत्रकारहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र समेत नवीकरण गर्न पाएका छैनन् । नवीकरण नभएकै कारण चाडपर्वको मुखमा विज्ञापनसम्बन्धी कारोबारमा समेत असहजता सिर्जना भएको छ ।
बैठकमा महासङ्घकी अध्यक्ष निर्मला शर्माले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल सुचारु हुनुपर्ने माग गरिन् ।उपाध्यक्ष उमिदप्रसाद बागचन्दले सरकारले एकपछि अर्को कानुन बनाएर नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा नियन्त्रण गर्ने प्रयास गरिरहेको बताए ।
महासचिव रामप्रसाद दाहालले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण रोकेर सरकारले असंवैधानिक कार्य गरेको बताए ।
सरकारको यस्तो हर्कतले नागरिकको संवैधानिक हक अवरुद्ध भएको उनको भनाइ छ । सरकारले तत्काल दर्ता र नवीकरणको काम सुचारु नगरे महासङ्घले आन्दोलन चर्काउने उनले बताए ।

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरू सडकमा

0

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरू सडकमा छन् । प्याब्सन, एनप्याब्सन, हिसान र अपेनको नेतृत्वमा निजी विद्यालय सञ्चालकहरू माइतीघरमा भेला भएर संसद् भवन अगाडि पुगेका थिए ।
‘स्वदेशमै शिक्षा दिन्छौं भन्दा, हाम्रो घाँटी न्याक्न खोजियो,’ निजी विद्यालय सञ्चालहरूले सोमबार संसद् भवन नयाँबानेश्वर अगडि लगाएको नारा हो यो ।
उनीहरूले निजी विद्यालयको विपक्षमा बोल्ने सांसदहरूको फोटो सार्वजनिक गर्ने र २०८४ मा भोट नहाल्नेसम्म चेतावनी दिएका छन् ।
संसद् भवन घेराउ गर्न काठमाडौं उपत्यकासहित आसपासका जिल्लाबाट निजी विद्यालय सञ्चालकहरू कालोपट्टी बाँधेर काठमाडौं आएका थिए । उनीहरूको एउटै स्वर थियो, ‘निजी विद्यालय गैरनाफामुलक हुन सक्दैन । पूर्ण छात्रवृत्ति दिन सक्दैनौं ।’
५ भदौमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गरेको थियो । समिति सभापति अम्मरबहादुर थापाले पारित भएको विधेयक ६ भदौमा संसद्‌मा पेस गरेका छन् । अब संसद्‌बाट विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू आन्दोलित भएका हुन् ।
‘स्वदेशमै गुणस्तरीय शिक्षा दिन्छौं, उद्यम गर्छौं, जनतालाई रोजगारी सिर्जना गर्छौं, राज्यलाई कर तिर्छौं भन्दा हाम्रो घाँटी न्याक्न खोजियो,’ प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगानाले भने । मुख्यतः निजी विद्यालय सञ्चालकहरूले दुईवटा बुँदामा असन्तुष्टि राखेका छन् ।

ललितपुरबाट झन्डै १ करोड रकमसहित एक जना पक्राउ

0

ललिपुरबाट ठूलो मात्रामा नगदसहित गौरव स्याङ्तान नाम गरेका व्यक्ति पक्राउ परेका छन् । करिब १ करोड बराबरको रकमसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले सोमबार साँझ नियन्त्रणमा लिएको हो ।
एआईजी टेक बहादुर तामाङका अनुसार, करिब ९०/९१ लाख भन्दा बढी रकम रहेको भन्ने सूचनाका आधारमा ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

0

जेरुसेलम । इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति दिनु भएको उनको मन्त्रालयले बुधबार पुष्टि गरेको छ । उनले यो योजनालाई पूरा गर्न करिब ६० हजार जगेडा सैनिकलाई बोलाउने अनुमति दिएकाे छ ।

एक प्रवक्ताले एएफपीलाई पुष्टि गरेअनुसार रक्षामन्त्री काट्जको यो कदम गाजामा झन्डै दुई वर्षदेखि चलिरहेको युद्धमा युद्ध विरामका लागि दबाब दिइरहेका मध्यस्थकर्ताको पछिल्लो प्रस्तावमा आधिकारिक इजरायली प्रतिक्रियाको प्रतीक्षा भइरहेका बेला आएको हो । मध्यस्थ कर्ता कतारले पछिल्लो प्रस्तावमा सावधानीपूर्वक आशावाद व्यक्त गरेको भए पनि एक वरिष्ठ इजरायली अधिकारीले सरकार कुनै पनि सम्झौतामा सबै बन्धकको रिहाइमा अडिग रहेको स्पष्ट पारेका छन् ।

हमासले स्वीकृत गरेको ढाँचामा प्रारम्भिक ६० दिनको युद्धविराम, चरणबद्ध बन्धकको रिहाइ, केही प्यालेस्टिनी कैदीको रिहाइ तथा गाजामा सहायताको प्रवेशका लागि अनुमति दिने प्रावधान समावेश गरिएको छ । इजरायल र हमासबिच युद्धभरि अप्रत्यक्ष वार्ता हुँदै आएको छ । वार्ताका क्रममा प्यालेस्टिनी कैदीको बदलामा इजरायली बन्धकको रिहाइ भएको थियो ।

पछिल्लो युद्धविराम प्रस्ताव इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेपछि आएको हो । यसले पहिले नै विनाशकारी भइसकेको मानवीय सङ्कटलाई अझ गम्भीर बनाउने चिन्ता व्यक्त गरिएको छ । संयुक्त राज्य अमेरिकाको समर्थनमा कतार र इजिप्टले शटल कूटनीति (प्रत्यक्ष छलफल गर्न अनिच्छुक दुई वा दुईभन्दा बढी पक्षबिच यात्रा गर्ने मध्यस्थकर्ताद्वारा गरिने वार्ता) को बारम्बार चरण मध्यस्थता गर्दै आएका छन् ।

कतारले पछिल्लो प्रस्ताव इजरायलले सहमति जनाइसकेको अघिल्लो संस्करणसँग ‘लगभग समान’ रहेको बताएको छ भने इजिप्टले सोमबार ‘अब बल इजरायलको कोर्टमा छ’ भन्दै टिप्पणी गरेको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस योजनाबारे सार्वजनिक टिप्पणी गर्नुभएको छैन, तर गत हप्ता मात्र उनले आफ्नो देशले ‘सबै बन्धकलाई एकैचोटि र युद्धको अन्त्यका लागि आफ्ना सर्तअनुसार रिहा गर्ने सम्झौता’ स्वीकार गर्ने बताएका थिए ।

हमासका वरिष्ठ अधिकारी महमुद मर्दावीले सामाजिक सञ्जालमार्फत आफ्नो समूहले ‘सम्झौतामा पुग्ने सम्भावनाका लागि ढोका फराकिलो खोलेको’ बताएका थिए । तर नेतान्याहुले विगतमा जस्तै यसलाई फेरि बन्द गर्ने सम्भावनाबारे प्रश्न उठाए ।

सेतो सुन

नेतान्याहुले देशभित्र र विदेशमा बढ्दो दबाबको सामना गरिरहेका बेला यो प्रस्ताव आएको हो । गाजामा मङ्गलबार इजरायली आक्रमण र गोली हानाहानका कारण ४८ जनाको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरको जाइटाउन र साब्रा क्षेत्रमा अवस्था ‘धेरै खतरनाक र असहनीय’ भएको बताए । त्यहाँ ‘गोलाबारी निरन्तर जारी’ रहेको पनि उनले उल्लेख गरे ।

इजरायली सेनाले भने केवल ‘हमासको सैन्य क्षमतामा आक्रमण भइरहेको’ र ‘नागरिक क्षति कम गर्न सम्भव सावधानी अपनाइएको’ भन्दै विशेष सेनाको गतिविधि बारे टिप्पणी गर्न अस्वीकार गरेको छ । सेनाले पछि खान युनिसमा रातभर हमासका लडाकूलाई लक्षित गरी आक्रमण गरिएको जानकारी दिए ।

गाजामा मिडिया प्रतिबन्ध र प्यालेस्टिनी क्षेत्रमा पहुँच गर्न कठिनाइका कारण एएफपीले नागरिक सुरक्षा एजेन्सी वा इजरायली सेनाले दिएको तथ्य स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन । मङ्गलबार उत्तरी गाजाको जिकिम क्षेत्रमा एएफपीका एक पत्रकारले प्यालेस्टिनीलाई भग्नावशेष र क्षतिग्रस्त भवनबिचको धुलोले भरिएको सडकमा खाद्यान्न सहयोगका बोरा बोकेर हिँडिरहेको देखेका थिए ।

गजन सोग अल-बदरीले आफ्नो परिवारको पालमा ‘सेतो सुन’ भनिने पिठो पुर्याउन ‘तीनदेखि चार घण्टा’ लागेको बताए । उनले भने, “यो झोला सारा संसारको लायक छ ।” एएफपीको आधिकारिक तथ्याङ्कअनुसार, सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश नागरिक थिए ।

त्यसको जवाफमा इजरायली आक्रमणमा कम्तीमा ६२ जहार ६४ प्यालेस्टिनीको मृत्यु भएको छ । तीमध्ये अधिकांश सर्वसाधारण रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको छ । रासस/एएफपी

रुसको रियाजान क्षेत्रको शिलोभ्स्की जिल्लामा अवस्थित एक कारखानामा भएको विस्फोटमा कम्तीमा २० जनाको मृत्यु

0

मस्को । रुसको रियाजान क्षेत्रको शिलोभ्स्की जिल्लामा अवस्थित एक कारखानामा भएको विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको र एक सय ३४ जना घाइते भएको क्षेत्रीय परिचालन मुख्यालयले जनाएको छ ।

रुसी समाचार एजेन्सी (तास) का अनुसार घाइतेमध्ये ३१ जनाको अस्पतालमा उपचार भइरहेको छ भने एक सय तीन जनालाई बाह्य बिरामीका रूपमा उपचार दिइएको छ । सम्बन्धित अधिकारीहरूले खोज तथा उद्धार कार्य अझै जारी रहेको बताएका छन् ।

रियाजान क्षेत्र रसायन, धातु र प्लास्टिकसहितका धेरै ठूला औद्योगिक कारखानाको केन्द्र मानिन्छ । पछिल्ला दशकमा यहाँ अनेकौँ औद्योगिक दुर्घटना भएका छन् जसले ठूलो मानवीय क्षति र घाइते निम्त्याएका छन् ।

सर्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी

0

काठमाडौं । सर्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार यो आदेश दिएको हो ।

पीडित त्रिभुवन शाहलगायतका पीडित पक्षले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले घटनामा संलग्न एकसय ३० जनामाथि छानबिन गर्न र कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हाे । यो आदेशसँगै १८ वर्षदेखि थाँती रहेको घटनामा न्याय हुने आशा पीडित परिवारमा जागेको छ ।

२०६३ चैत ७ (सन् २००७ मार्च २१) मा रौतहटको गौरमा भएको यो हत्याकाण्ड नेपालको इतिहासमा एक क्रूर घटनाका रूपमा चिनिन्छ । तत्कालीन मधेसी जनअधिकार फोरम (एमजेएफ) र नेकपा माओवा

दीबीच एकै स्थानमा कार्यक्रम गर्ने विषयमा विवाद हुँदा झडप भएको थियो । फलस्वरूप २७ जना माओवादी कार्यकर्ता (४ महिला र १७ वर्षीया किशोरीसहित) को हत्या भएको घटना हाे । दर्जनौं घाइते भएका थिए ।

घटनामा एक अज्ञात व्यक्तिको पनि ज्यान गएको थियो । यो घटना शान्ति प्रक्रिया सुरु भएको एक वर्षभित्रै भएको थियो । जसले राजनीतिक वातावरणलाई तनावपूर्ण बनाएको थियो ।

घटना कसरी घटेको थियो ? 

गौरको राइस मिल मैदानमा एमजेएफले जनसभा आयोजना गरेको थियो । एक साताअघिदेखि नै तयारी गरिएको यो कार्यक्रममा अनुमानित एकहजार पाँचसयदेखि साँढे तीन हजारसम्म तत्कालिन मधेसी जनअधिकार फाेरमका कार्यकर्ता सहभागी थिए । उनीहरूले बाँसको भाटा (लाठी), भाला, ईंटा र अन्य हतियार बोकेका थिए । सोही दिन माओवादीले पनि त्यही मैदानमा प्रशिक्षण कार्यक्रम राखेको थियो । माओवादी कार्यकर्ता मुख्यतः पहाडी मूलका युवा थिए । जसलाई स्थानीय भूगोलको ज्ञान थिएन ।

२०६३ चैत ७ गते दिउँसो फाेरमका कार्यकर्ताले माओवादीको मञ्चमा आक्रमण गरे । माओवादीले गुलेली र केही गोली चलाएपछि फाेरम पक्ष पछि हट्यो तर फेरि फर्किएर हिंसात्मक आक्रमण गर्याे । तत्कालिन माओवादी कार्यकर्तालाई लखेट्दै टाउकोमा घातक प्रहार गरी हत्या गरियो । केहीलाई गोली हानियो, तर अधिकांशको मृत्यु भाटा र ईंटाको प्रहारबाट भएको थियो । घटना मैदानमा मात्र सीमित रहेन । गौर शहर र आसपासका गाउँहरू (हजमनिया, सिरसिया, लक्ष्मीपुर) मा पनि फैलियो । भाग्दै गरेका माओवादी कार्यकर्तालाई स्थानीय घरमा लुकाउन खोज्दा पनि पक्राउ गरी मारियो । पाँच महिलाको बीभत्स हत्या गरियो । जसमा यौन हिंसाका आरोप पनि लागे तर प्रमाणित भएन ।

जानकारहरुका अनुसार गाैर घटना पूर्वयोजनाबद्ध थियो भन्ने छ । अनुसन्धानमा खटिएका प्रहरीहरुले पनि प्रमाणहरू भएकाे दाबी गर्दै आएका छन् । फाेरमका कार्यकर्ताले अघिल्लो दिन रिहर्सल गरेको र हतियार लुकाएको स्थानीयले बताएका थिए । सुरक्षा निकायले पर्याप्त तयारी नगर्दा घटना घटेकाे बताइन्छ । प्रहरीले हिंसा रोक्ने प्रयास गरेन, बरु सम्पत्ति सुरक्षामा केन्द्रित भयो । घटनापछि पनि दोषीलाई पक्राउ नगरेकाे बताइन्छ ।

कसले गरेको थियो ? 

घटनाका मुख्य दोषीका रूपमा तत्कालिन मधेसी जनअधिकार फाेरम तथा हालका जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवलाई औंल्याइएको छ । यादवका कार्यकर्ताले हिंसा गरेको संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) को प्रतिवेदनले उल्लेख गरेको छ ।

राजनीतिक दबाब र सत्ता साझेदारीका कारण उक्त घटनाकाे अनुसन्धान हुन सकेकाे थिएन । अब अदालतको आदेशले अनुसन्धान अघि बढ्ने भएको छ । पीडित परिवारले न्याय पाउने आशा गरेका छन् भने प्रभु साह जस्ता नेताले यसलाई स्वागत गरेका छन् ।

किन जाेडिन्छ गाैर काण्डमा उपेन्द्रकाे नाम 

तत्कालिन मधेसी जनअधिकार फोरमको अध्यक्ष हालका जनता समाजवादी (जसपा) का अध्यक्ष यादव थिए । २०६३ चैत ७ को गौर हत्याकाण्ड हुँदा मधेसी जनअधिकार फोरम (एमजेएफ) का अध्यक्ष भएकाे उनिमाथि जाेडिन्छ । यो घटनामा एमजेएफ कार्यकर्ताहरूको प्रत्यक्ष संलग्नता रहेको ओएचसीएचआरको प्रतिवेदनकाे दाबी छ । उनको नेतृत्वमा आयोजित जनसभाले हिंसात्मक रूप लिएको र कार्यकर्ताहरूले हतियारसहित आक्रमण गरेकाले जाेडिएका हुन् ।

गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले उनीहरूको माग बमोजिमको आदेश जारी गरेको हो ।

गौर नरसंहारमा मारिएका आफन्त तथा घाइतेहरूले जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेका थिए ।

मुद्दामा विपक्षी बनाइएकाले प्रहरी मुख्यालय, गृह मन्त्रालयलगायतका नाममा समेत सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतको यो आदेशपछि तत्काल अनुसन्धानको दायरामा पर्ने व्यक्ति हुन्–यादव । किनभने कतिपय अध्ययन र अनुसन्धानले घटना हिंसात्मक हुनुमा यादवलाई जिम्मेवार मात्रै ठहर्‍याएको छैन, उनीमाथि अनुसन्धान नै गरी मुद्दा चलाउनुपर्ने आदेश छ ।

मानव अधिकार आयोगले उपेन्द्र यादवको नामै किटेर उनी लगायतमाथि अनुसन्धान गरी मुद्दा दायर गर्नुपर्ने भनेको थियो । त्यसवेलाकाे सरकारद्वारा गठित गौर नरसंहार जाँचबुझ आयोगको प्रतिवेदन २०६४ ले दोषी भनी उल्लेख गरेका तपसील बमोजिमका व्यक्तिहरू माथि तहकीकात छानबिन गरी दोषी देखिएका व्यक्तिहरू उपर मुद्दा चलाउनुपर्ने देखियो ।’ तपसीलमा रहेको सूचीमा यादवको पनि नाम छ ।

यद्यपि, विभिन्न पटक उपेन्द्रले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् र घटनामा माओवादी पक्षले पनि उत्तेजना फैलाएको दाबी गर्ने गरेका छन् । तर, सर्वोच्च अदालतको हालैको परमादेशले अनुसन्धान अघि बढ्ने भएकाले उनको भूमिकामाथि थप छानबिन हुने जानकारहरुकाे भनाइ छ ।

तत्काल जारी गतिबिधी

इजरायल र गाजामा उल्लास छाउँदा नेपालमा सन्ताप

जब हामी समाचारहरूमा ‘मृत भएको’ सुन्छौं, त्यो शब्दले हामीलाई स्तब्ध बनाउँछ। हृदय एकैछिन थामिन्छ त्यही एक नाम, त्यो एक जीवन, त्यो एक आशा सबै...

आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले कतारविरुद्ध जित

आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले कतारविरुद्ध चलाखी जित निकालेको छ। आफ्नो दोस्रो खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो।...

नेपाली फुटबल समर्थकले भने- ‘फुटबल क्यालेन्डरमा होइन, मैदानमा गर’

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पारदर्शी रूपमा नचलेको र फुटबलका नियमित गतिविधि ठप्प भएको विरोधमा आइतबार नेपाली फुटबल समर्थकले सातदोबाटोस्थित एन्फा मुख्यालय...

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...

गोकुल बाँस्कोटाको चेतावनी र ओलीको अडान

काठमाडौं । नेकपा एमालेमा अहिले चलिरहेको दृश्य कुनै सामान्य राजनीतिक असहमति होइन, यो सत्ताको गलियारामा चलिरहेको सुनामीअघि आएको सन्नाटा जस्तो छ। अध्यक्ष केपी शर्मा...