इजरायल र गाजामा उल्लास छाउँदा नेपालमा सन्ताप

0

जब हामी समाचारहरूमा ‘मृत भएको’ सुन्छौं, त्यो शब्दले हामीलाई स्तब्ध बनाउँछ। हृदय एकैछिन थामिन्छ त्यही एक नाम, त्यो एक जीवन, त्यो एक आशा सबै क्षणमै हाम्रो मनमा हलचल मच्चाउँछ। आज समाचार सुनियो, विपिन जोशी अब जीवित छैनन्।
नेपाल कृषिप्रधान देश हो, तर ज्ञान र प्रविधि सीमित छन्। धेरै युवाहरू कृषि अध्ययन र आधुनिक प्रविधिको ज्ञान लिन विदेश गएका छन्। कसैले खेतमा फर्किने सपना बोकेका छन् त कसैले देश निर्माणको आशा राखेका छन्। विपिन जोशी पनि त्यस्तै विद्यार्थी थिए।
उनी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायलको किबुत्ज (कृषि समुदाय)मा गएका थिए। जहाँ उनी अध्ययनसँगै खेतीपातीको काम गर्दै थिए। उनले सम्भावना देख्थे आत्मनिर्भर बन्ने अनि परिवार र देशका लागि योगदान दिने।
जब मैले उनको प्रारम्भिक जीवनका केही विवरण खोजेँ, त्यो सीमित थियो त्यो सीमितता नै उनको अस्तित्वलाई अझ अनेक प्रश्नमय बनायो।
७ अक्टोबर २०२३, त्यो भयानक रात
जुन दिन इजरायल–हमास द्वन्द्व सुरु भयो। जसमा धेरै निर्दोष नागरिक मरे, घाइते भए र कतिपय अपहरणमा परे। किबुत्ज एलुमिम आसपासका क्षेत्रहरू आक्रमणको चपेटामा परे।
समाचारअनुसार विपिन पनि त्यो घटनामा परेका थिए। उनीहरू सुरक्षित कोठामा लगिँदै गरेकै बेला निशानामा परे।
उनीहरूको समूहमा अन्य नेपाली विद्यार्थीहरू पनि थिए। जसमा १० जना मारिए, केही घाइते भए, केही भाग्न सफल भए, केहीलाई उद्धार गरियो। तर, विपिन बेपत्ता भए।
विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार उनले एक ग्रेनाइडलाई समाते र कोठाबाट बाहिर फ्याँक्ने प्रयास गरे। त्यो कहानी अहिले उनको बहादुरीको प्रतीक बनेको छ। तर, त्यसपछि धेरै समयसम्म सूचना शून्य रह्यो। परिवार र नेपाली समुदायहरूले हरेक स्रोतमा खोजी गर्न लागे। नेपाल सरकार, इजरायल सरकार, मानवअधिकार समूह, मिडिया पनि उत्तिकै लागेका थिए।
सन् २०२३ नोभेम्बरमा गाजा अस्पताल चिह्नित भिडियो फुटेजमा उनी देखिएको दाबी सार्वजनिक भयो। समय–समयमा अफवाहहरू फैलिए उनी यहाँ छन्, उनी त्यहाँ छन् भन्दै। तर कुनै विश्वसनीय पुष्टि नभएकाले आशाहरू बीचमा झरिरहे।
सरकार, परिवार र मिडियाको संघार
परिवारका आँखा निरन्तर निगरानीमा थिए। आमा रातभर समाचार हेर्थिन्। बहिनी आफ्नो समर्थन जुटाउने प्रयासमा रहन्थिन्।
नेपाल सरकार दूतावास र विदेश मन्त्रालयमार्फत संवादमा लाग्यो। इजरायलका अधिकारीहरूसँग वार्ता भयो। सार्वजनिक अपीलहरू, प्रेस विज्ञप्ति, अन्तर्राष्ट्रिय संस्था र मानवअधिकार समूहहरूमा पनि उत्तिकै दबाब भयो। यो विषय देश–विदेशमा चर्चा बनेको थियो। एक नेपाली युवकले अपहरणमा परेर कहिले फर्कने हो भन्ने प्रश्नले आम भावनालाई छोइरहेको थियो।
आज, १३ अक्टुबर २०२५ मा समाचारले हामीलाई एक कठोर सत्य बोलेको छ। इजरायली सेना र हमासबीच समझदारी अनुसार सार्वजनिक सूचीमा विपिन जोशीको नाम मृतक बन्धकहरूको सूचीमा राखिएको छ। इजरायली सैन्य अधिकारीहरूले जोशी जीवित नरहेको औपचारिक सूचना दिएका छन्। इजरायली मिडियाहरूले हमासले सार्वजनिक गरेका ४ मृत बन्धकहरूमध्ये बिपिन जोशीको नाम पनि उल्लेख भएको पुष्टि गरेका छन्।
इजरायली अधिकारीहरूले नेपाली राजदूत, उनको बहिनी र अन्यलाई भिडियो कलमा जोडिएर जोशी जीवित सूचीमा नभएको जानकारी दिएका थिए। यसकारण, यो खबर विश्वासयोग्य देखिन्छ। जब कसैको बारेमा ‘उनी छैनन्’ भन्ने समाचार आउँछ, परिवार र नेपालीहरूमा एउटा रिक्तता पाइन्छ। आवाज हरायो, मुस्कान हरायो, भविष्यका सपना हरायो।
उनकी आमा, जो रातदिन छोराको लागि प्रार्थना गर्थिन्, त्यो प्रार्थना अचानक अनुपस्थितिको घनीमा बदलिनेछ। उनकी बहिनी, जसले आफ्नो समर्पण र आँसुलाई सार्वजनिक गर्ने काम गरिरहेकी थिइन्, अब त्यो आवाजमाथि मृत्युको बराबरमा थामिने जोखिमले भित्रिन्छ।
संसारभरका समाचारले यो नाम लिएँ तर त्यो नाम अब जीवनसहित नभई मृत्युसहित। उनका साथी, जसले उससँग गीत गाएका थिए, सपना साझा गरेका थिए, आज त्यो साझेदारीमा एक संख्या जोड्न सक्दैनन्।
यो केवल परिवारको व्यक्तिगत क्षति होइन यो एउटा राष्ट्रिय दुःख हो। एक युवा प्रतिभाको अन्त्य, एक सपना अधुरो छाडिने। विपिन जोशीको जीवन एउटा आशा थियो। भविष्यको ठाउँ थियो। त्यो आशा अचानक मृत्युद्वारमा पुगेको समाचारले हामीलाई स्तब्ध बनायो।
तर, उनको कथा सुनिरहने, याद गर्ने, प्रश्न गर्ने, गलतलाई उजागर गर्ने, त्यो हाम्रो दायित्व बनेको छ। उनको मृत्युले हामीलाई याद दिलाउँछ कि युद्ध र द्वन्द्वमा ती मानिसहरू मात्र होइनन् जो मर्छन् उनीहरूका परिवारहरू, सपनाहरू, भावनाहरू पनि मर्छन्। तर, उनको नाम, उनको कथा त्यो हामीले जीवनभर बोकेर राख्नेछौं। हार्दिक श्रद्धाञ्जली विपिन भाइ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले कतारविरुद्ध जित

0

आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले कतारविरुद्ध चलाखी जित निकालेको छ।
आफ्नो दोस्रो खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो। योसँगै नेपालले सुपर सिक्समा ६ अंक बटुलेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै ९ विकेट क्षतिमा १४७ रन जोडेको थियो।
१४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो।
नेपालका लागि कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रनको पारी खेले। त्यसैगरी दीपेन्द्र सिंह ऐरीले २२ बलमा २६ रन र गुल्सन झाले ८ बलमा १६ रनको योगदान गरे।
कतारका डानियल आर्कर मारिया लुइसले ३ ओभर बलिङ गर्दै २२ रन दिएर नेपालको ३ विकेट तथा मिर्जा मोहम्मद बाइगले ४ ओभर बलिङमा २९ रन दिएर समान ३ विकेट झारे भने मुहम्मद असिम लियाकत अलिले ३ ओभर स्पेलमा १६ रन दिएर १ विकेट झारे पनि जितका लागि पर्याप्त रहेन।
१४८ रनको लक्ष्य पछ्याएको कतारका लागि इमाल लियानेज र जुबेइर अलिले अर्धशतकीय योगदान गरे। इमालले ५६ र जुबेइरले ५२ रन जोडे। मुहम्मदको नाममा १० रनको योगदान रह्यो।
नेपालले कसिलो बलिङ र फिल्डिङ गर्दा कतार अन्तिममा चुक्यो। सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन लिएर कतारको ५ विकेट झारेका थिए। त्यसैगरी नन्दन यादवले ४ ओभर बलिङमा २९ रन दिएर २ विकेट चट्काए भने दीपेन्द्रको नाममा १ विकेट रह्यो।

नेपाली फुटबल समर्थकले भने- ‘फुटबल क्यालेन्डरमा होइन, मैदानमा गर’

0

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पारदर्शी रूपमा नचलेको र फुटबलका नियमित गतिविधि ठप्प भएको विरोधमा आइतबार नेपाली फुटबल समर्थकले सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि प्रदर्शन गरेका छन् ।

युवा समर्थकहरूले फुटबल खेलको मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिगसमेत आयोजना गर्न नसकेको एन्फा नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे । उनीहरूले “फुटबल क्यालेन्डरमा होइन, मैदानमा चाहियो”, “फिफा विश्वकप चार वर्षमा आउँछ, ‘ए’ डिभिजन लिग कहिले आउँछ ?”, “लिग चलाऊ, फुटबल बचाऊ” जस्ता नारा लेखिएका प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

तीन वर्षअघि पङ्कजविक्रम नेम्वाङ एन्फा अध्यक्ष बनेपछि नेपाली फुटबल झन् कमजोर बन्दै गएको समर्थकहरूको आरोप छ । उनीहरूका अनुसार एन्फा नेतृत्वले खेलकुदका गतिविधि उपेक्षा गरेर जिल्ला र प्रदेशका प्रतिनिधिलाई विदेश भ्रमणमा पठाउने तथा आगामी निर्वाचनमा आफ्नो पकड बलियो बनाउने अभियान चलाइरहेको छ ।

एन्फा नेतृत्वको उदासीनताका कारण नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल स्टेडियम—दशरथ रङ्गशाला—फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) बाट अन्तर्राष्ट्रिय खेल आयोजनाका लागि अयोग्य घोषित भएको धेरै भइसकेको छ ।

त्यसको परिणामस्वरूप एसिया कप छनोटअन्तर्गत भियतनामसँग घरेलु मैदानमा खेल्नुपर्ने नेपालले उक्त खेल भियतनाममै खेल्न बाध्य भएको छ । पहिलो लेगमा ३–१ गोलले पराजित भएको नेपालले दोस्रो खेल मङ्गलबार फेरि भियतनामकै मैदानमा खेल्नेछ । यसअघि पनि रङ्गशालाको कारण नेपालले घरेलु खेल विदेशमा खेल्नुपर्ने बाध्यता भोगिसकेको थियो ।

मैदानमा नियमित खेल नहुँदा राष्ट्रिय टोलीका उत्कृष्ट खेलाडीहरू समेत अस्ट्रेलियालगायत विभिन्न देशमा पलायन भइसकेका छन् ।

फिफा र एएफसीको अनुदानसहित वार्षिक करिब एक अर्ब ५० करोड रुपैयाँ बजेट हुने एन्फा नेतृत्वले फुटबल विकासभन्दा भत्ता र विदेश भ्रमणमा बढी रुचि देखाएको भन्दै समर्थकहरूले शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।

यसैबीच, समर्थकहरूको आन्दोलनका कारण एन्फाले आइतबार क्लबहरूसँग बोलाएको ‘ए’ डिभिजन लिग सम्बन्धी बैठक स्थगित गरेको छ ।

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

0
Krishna Bahadur Mahara_Vice President and Foreign affairs minister. PHOTO:KIRAN PANDAY/KANTIPUR

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।

सीआईबीले विज्ञप्ति जारी गर्दै महरालाई पक्राउ परेको पुष्टि गरेको छ । महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गर्दै आएको थियो । महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । केही दिनअघि उनलाई प्रहरीले बयानसमेत लिएको थियो ।

सीआईबीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट नेपाल आएका चिनियाँ नागरिक ली हान्सोङको साथबाट जफत भएको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) भित्रको सुन बिक्री गरी आपराधिक समूहले संगठित रूपमा आपराधिक लाभ लिएको पाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्टोरमा रहेको, जसको मूल्य करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबर रहेको उक्त सुन भन्सारका नायव सुब्बा रेवन्त खड्का समेतको संलग्नतामा बिक्री गरी अनियमितता गरेको देखिएको छ।

गोकुल बाँस्कोटाको चेतावनी र ओलीको अडान

0

काठमाडौं । नेकपा एमालेमा अहिले चलिरहेको दृश्य कुनै सामान्य राजनीतिक असहमति होइन, यो सत्ताको गलियारामा चलिरहेको सुनामीअघि आएको सन्नाटा जस्तो छ। अध्यक्ष केपी शर्मा ओली नेतृत्व छोड्ने कि नछोड्ने भन्ने बहसले पार्टीभित्रै तातो बहस जन्माएको छ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री पद गुमाएका ओली अहिले फेरि नेतृत्वको घेराभित्र अडिएका छन् । तर, यो घेरा अब समर्थनभन्दा बढी असन्तुष्टिको बन्धन बन्दै गएको छ। भक्तपुरस्थित ओली निवासमा शुक्रबार बसेको सचिवालय बैठक यसको उदाहरण हो।
त्यहाँ उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले “पहिलो पुस्ताका नेताले बिदा लिनुपर्छ” भन्ने लिखित प्रस्ताव राखिन् । त्यसपछि उपाध्यक्ष युवराज ज्ञवालीले पनि ओलीलाई ‘अब पर्याप्त भयो’ भन्ने सन्देश दिए । तर ओली, सधैंझैं, अडानमा अडिग छन्।
यहीबीच पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्ः “परिस्थिति अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था छैन” पार्टीभित्रको उथलपुथलप्रतिको गहिरो संकेत हो।
बाँस्कोटा लामो समयदेखि ओलीप्रति आलोचक रहँदै आएका छन् । उनी भन्छन्, “आन्तरिक असन्तुष्टि र भद्रगोलमाथि बेवास्ता जारी रहँदा परिस्थिति बिग्रिन सक्छ।” उनका यी शब्दहरू केवल टिप्पणी होइनन्, एउटा चेतावनी हुन् । जसले एमालेको वर्तमान संकटको ‘भाग दुई र तीन’ अझै बाँकी रहेको संकेत गर्छ।
राजनीतिक विश्लेषकहरूको बुझाइमा, ओलीले पार्टीभित्रको असन्तोषलाई राजनीतिक “धुलो” ठान्दै आए, तर अहिले त्यो धुलो आँधी बन्दै गएको छ। “ओलीको नेतृत्वले आन्दोलनको ताप त सह्यो, तर अब पार्टीभित्रकै ज्वालामुखी फूट्ने संकेत देखिएको छ ।”
एमालेका पुराना पुस्ता र नयाँ पुस्ताबीचको दूरी बढ्दै जाँदा, पार्टीको अनुशासनभन्दा असन्तुष्टि ठूलो बनिरहेको छ। जेनजी आन्दोलनले जसरी सडकमा परिवर्तन ल्यायो, त्यसको छायाँ अहिले पार्टी कार्यालयसम्म आइपुगेको छ।
तर ओली अझै पनि राजनीतिक मञ्चमा “अन्तिम योद्धा”को भूमिकामा छन्। उनको स्थायित्वका समर्थक भन्छन्, “ओली बिना एमाले अधुरो हुन्छ।” तर आलोचकहरू सोध्छन्, “एमाले ओलीको पार्टी हो कि पार्टी ओलीको?”
बाँस्कोटाको चेतावनी त्यसैकारण गम्भीर छ। उनले भनेझैं, परिस्थितिले अझै खराब दिशातर्फ मोड लिने हो भने एमालेको संकट केवल नेतृत्वको होइन, अस्तित्वको पनि बन्न सक्छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार इलामका बाढी–पहिरो प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण

0

इलाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार इलामका बाढी–पहिरो प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री घिसिङले इलाम नगरपालिका–१० को माइखोला टापु, मेची राजमार्गको राजदुवाली खण्ड र नेपालटार सडकको मिल गोलाई क्षेत्रमा बाढी–पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गरेका हुन् ।
निरीक्षण टोलीमा ऊर्जा मन्त्री घिसिङसँगै गृहसचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख दिनेश भट्ट, र नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङ पनि सहभागी थिए ।
माइखोला टापुमा बाढी–पहिरो पीडितहरूसँग भेट गर्दै मन्त्री घिसिङले उनीहरूको समस्या सुने । पीडितहरूले तत्काल पुनःस्थापना र दीर्घकालीन बसोबासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । मन्त्री घिसिङले अहिले बन्द रहेको मेची राजमार्ग आइतबारसम्म अस्थायी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताउँदै, दीर्घकालीन समाधानका लागि विकल्पहरू खोज्ने योजनाबारे जानकारी दिए ।
इलाम नगरपालिकामा बाढीले पुर्‍याएको क्षतिको विवरण नगर प्रमुख केदार थापाले मन्त्रीसमक्ष प्रस्तुत गरे । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा राहत, पुनःस्थापना, भौतिक संरचनाको पुनर्निर्माण र दीर्घकालीन व्यवस्थापनका विषयमा सरोकारवालाबीच छलफल भएको थियो ।
छलफलमा मन्त्री घिसिङले इलामलाई प्राथमिकतामा राखी तत्कालीन तथा दीर्घकालीन दुवै खालका उपायहरू अपनाइने बताए । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा भएको क्षति र राहत कार्यबारे जानकारी गराइन ।
यसअघि मन्त्री घिसिङले रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा पुगेर त्यहाँको अवस्थाको पनि अवलोकन गरेका थिए । माइखोला टापुमा मात्र ३८ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । नेपाली सेनाको सहयोगमा अस्थायी टहरा निर्माण गरी उनीहरूलाई अस्थायी बसोबास गराइएको छ ।
बाढीपीडित डुक्पा विश्वकर्माले आफ्नो घर र सम्पूर्ण सम्पत्ति बाढीले बगाएपछि सरकारले दिगो पुनःस्थापना गर्नुपर्ने माग गरे । खनेको सडक फेरि बगेका कारण मेची राजमार्ग कहिले खुल्ने भन्ने निश्चित छैन ।

 

तत्काल जारी गतिबिधी

इजरायल र गाजामा उल्लास छाउँदा नेपालमा सन्ताप

जब हामी समाचारहरूमा ‘मृत भएको’ सुन्छौं, त्यो शब्दले हामीलाई स्तब्ध बनाउँछ। हृदय एकैछिन थामिन्छ त्यही एक नाम, त्यो एक जीवन, त्यो एक आशा सबै...

आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले कतारविरुद्ध जित

आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले कतारविरुद्ध चलाखी जित निकालेको छ। आफ्नो दोस्रो खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो।...

नेपाली फुटबल समर्थकले भने- ‘फुटबल क्यालेन्डरमा होइन, मैदानमा गर’

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पारदर्शी रूपमा नचलेको र फुटबलका नियमित गतिविधि ठप्प भएको विरोधमा आइतबार नेपाली फुटबल समर्थकले सातदोबाटोस्थित एन्फा मुख्यालय...

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...

गोकुल बाँस्कोटाको चेतावनी र ओलीको अडान

काठमाडौं । नेकपा एमालेमा अहिले चलिरहेको दृश्य कुनै सामान्य राजनीतिक असहमति होइन, यो सत्ताको गलियारामा चलिरहेको सुनामीअघि आएको सन्नाटा जस्तो छ। अध्यक्ष केपी शर्मा...