सोमवार, चैत्र २४, २०८१
Monday, April 7, 2025

जुकरबर्गको आलोचना गर्ने फेसबुकका कर्मचारी बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आक्षेपयुक्त तथा विवादास्पद टिप्पणीका विरुद्ध कदम नचालेको भनेर सिइओ मार्क जुकरबर्गको आलोचना गर्ने एकजना कर्मचारीलाई फेसबुकले बर्खास्त गरेको छ ।

फेसबुकमा युजर इन्टरफेस इन्जिनियरको रुपमा कार्यरत ब्रान्डन डेइलले आफूलाई फेसबुकले बर्खास्त गरेको ट्वीटरमार्फत जानकारी गराएका छन् ।

अमेरिकामा रङ्गभेद विरुद्ध चलिरहेको ‘ब्लाक लाइभ्स म्याटर’आन्दोलनको समर्थनमा विज्ञप्ति जारी गर्न जुकरबर्गले अस्वीकार गरेको भनि डेइलले सार्वजनिक रुपमा जुकरबर्गको आलोचना गरेका थिए ।

साथै, उनले अन्य ६ जना इन्जिनिर सहित दर्जन बढी कर्मचारीहरुसँग मिलेर कार्यालयमा आफ्नो काम बहिष्कार गर्नुका साथै रंगभेद विरोधी आन्दोलनका बारेमा ट्रम्पले व्यक्त गरेका गलत धारणाहरुको खण्डन गर्ने काम नगरेको भन्दै ट्वीटरमा विरोध जनाएका थिए ।

जुन २ मा उनले ट्वीटरमा लेखेका छन्, ‘नियतवस रुपमा कुनै विज्ञप्ति जारी नगर्नुमा वास्तवमा राजनीतिक कारण छ ।’ शुक्रबार उनले उक्त ट्वीटमा अभिव्यक्त आफ्नो धारणामा आफू दृढ रहेको बताएका थिए ।

फेसबुक कम्पनीले डेइलको बर्खास्तीको पुष्टि गरेको भएपनि त्यसको कारणका बारेमा खुलाएको छैन । तर डेइलसँगै लागेर आन्दोलन गर्ने अन्य कर्मचारीमाथि भने कुनै कारवाही नहुने फेसबुकको भनाइ छ ।

प्रहरीले घाँटी थिचेर एकजना अफ्रिकी मूलका युवाको हत्या गरेसँगै पछिल्ला दिनहरुमा अमेरिकामा रंगभेद विरोधी आन्दोलन चलिरहेको छ । सोही आन्दोलनप्रति लक्षित गर्दै ट्रम्पले नश्लवादी टिप्पणी गरेको भन्दै उनको आलोचना भैरहेको छ । ट्रम्पले सो आन्दोलनप्रति लक्षित गर्दै ‘जब लुटपाट सुरु हुन्छ, तब गोली प्रहार सुरु हुन्छ’ भनेर ट्वीट गरेका थिए र सोही पोष्ट फेसबुकमा पनि राखेका थिए ।

यस्तो ट्वीटमा ट्वीटरले चेतावनीको संकेत राखिदिएको छ । ट्रम्पको त्यस्तो ट्वीटले हिंसालाई प्रवद्र्धन गर्ने निष्कर्ष ट्वीटरको छ । तर ट्रम्पको त्यस्तो पोष्टमाथि फेसबुकले कुनै कारवाही गरेन ।

यस विषयमा गत हप्ता कर्मचारीहरुसँग भएको गरमागरम बैठकमा जुकरबर्गले ट्रम्पका टिप्पणीमाथि कुनै कदम नचाल्ने आफ्नो निर्णयको बचाउ गरेका थिए ।

फेसबुक लगायतका सिलिकन भ्यालीका ठूला कम्पनीहरुमाथि कम्पनीको आलोचना गर्ने कर्मचारीहरुलाई कारवाही गर्ने गरेको भनेर आलोचना हुँदै आएको छ ।

गत वर्ष कम्पनीको आलोचना गर्ने ५ जना कर्मचारीलाई गुगलले बर्खास्त गरेको थियो । त्यस्तै, कोरोना भाइरस महामारीका बेला गोदाममा काम गर्ने कामदारका लागि उपयुक्त कार्यवातावरण नभएको भनी आलोचना गर्ने कर्मचारीलाई अमेजनले बर्खास्त गरेको थियो । एजेन्सी

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x