शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

खाली पेटमा खानुहोस् एक चम्चा मह,मस्तिष्कका लागि उत्कृष्ट

यदि तपाईंलाई कसैले तपाईंको शरीरको सबैभन्दा महत्वपूर्ण हिस्सा के हो भनेर सोधेको खण्डमा सम्भवतः तपाईंको जवाफ हुनेछ – मस्तिष्क । मस्तिष्कले हाम्रो शरीरलाई सञ्चालन गर्छ जसको इशारामा हाम्रो शरीरको हरेक अंगले काम गर्ने गर्छ । हाम्रो शरीरमा सबैभन्दा धेरै काम मस्तिष्कले गर्छ तसर्थ शरीरले जतिपन ऊर्जा उत्पादन गर्छ, त्यसको एउटा ठूलो हिस्सा मस्तिष्कले प्रयोग गर्छ । यसैगरी शरीरमा सबैभन्दा धेरै अक्सिजनको आवश्यकता हाम्रो मस्तिष्कलाई नै हुने गर्छ । तर मस्तिष्कमा पोलिस्याचुरेटेड फ्याटी एसिड र लिपिड्सको मात्रा अत्यधिक हुने भएकोले शरीरमा फ्रि रेडिकल निकाल्ने अक्सिडेशनको क्रियाले सबैभन्दा धेरै क्षती मस्तिष्कलाई नै पुर्याउने गर्छ । फ्रि रेडिकल्सले मस्तिष्कको कोसिकालाई नष्ट गर्छ जसका कारण अल्जाइमर, डिमेन्शियाजस्ता रोग लाग्ने गर्छन् ।

हाम्रो मस्तिष्कका लागि अत्यावश्यक छ एन्टिअक्सिडेन्ट्सः
शरीरमा हुने यो अक्सिडेशनलाई रोक्नका लागि हामीलाई एन्टी–अक्सिडेन्ट्सको आवश्यकता पर्छ । यो एन्टिअक्सिडेन्ट्स हामीले खानपिनका वस्तुबाट पाउने गर्छौं । त्यसैले त भन्ने गरिन्छ – जो व्यक्ति प्राकृतिक वस्तुको सेवन गर्छन् उनीहरुमा बुढ्यौली र स्मरण शक्तिको कमी हुँदैन । मस्तिष्कलाई क्षती हुनबाट रोक्नका लागि विभिन्न पोषक तत्वको आवश्यकता हुन्छ जस्तै भिटामिन सी, भिटामिन इ, जिंक, बिटा क्यारोटीन, सेलेनियम आदि ।

तसर्थ, यदि तपाईं दैनिक बिहान खाली पेटमा शक्तिशाली एन्टिअक्सिडेन्टस्ले भरपुर खानेकुराको सेवन गर्नुहुन्छ भने तपाईंको मस्तिष्क र शरीर दुबै लामो समयसम्म स्वस्थ रहनेछन् । तीमध्ये यस्तो एउटा खानेकुरा छ जुन हाम्रो घरमा निकै सजिलै उपलब्ध हुन्छ र त्यो हो मह ।

एन्टिअक्सिडेन्ट्सको भण्डार हो महः

महको महत्व आयुर्वेदमा पनि अत्यधिक छ  र आजको विज्ञानले पनि महलाई शक्तिशाली औषधी मानेको छ । राम्रो गुणस्तरको महमा विभिन्न प्रकारका ओर्गानिक एसिड्स र फ्लेवोनोइड्सजस्ता फेनलिक कम्पाउन्ड्स पाइन्छ जुन रगतमा मिसिएर रोगसँग र फ्रि रेडिकल्ससँग लड्नमा शरीरलाई मद्दत गर्छ ।

शरीरको सबै अंगको रक्षा गर्छ महः

महमा एन्टी भाइरल, एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेट्री गुण हुन्छ जसका कारण यसले तपाईंको प्रतिरोधी क्षमतालाई बलियो बनाएर तपाईंको कलेजो, मुटु, मृगौला र फोक्सो आदिको रक्षा गर्छ । तर मह सबैभन्दा बढी तपाईंको मस्तिष्कका लागि फाइदाजनक हुन्छ । महले मस्तिष्कको कोसिकालाई क्षती हुनबाट जोगाउँछ । यहाँसम्म कि यदि बुढ्यौली लागिसकेका व्यक्तिले पनि यदि दैनिक रुपमा एक चम्चा मह खान्छन् भने उनीहरुको स्मरणशक्ति, एकाग्रता र आँखाको ज्योति लामो समयसम्म कायम रहन्छ ।

दैनिक बिहान एक चम्चा महले तपाईंलाई राख्नेछ स्वस्थ र स्फूर्तः

दैनिक बिहान उठेपछि एक गिलास मनतातो पानीमा एक चम्चा अर्गानिक (राम्रो गुणस्तरको) मह मिसाएर पिउनुहोस् । त्यसपछि कम्तीमा ३० मिनेटसम्म केहि पनि नखानुहोस् । यसो गर्दा तपाईंको शरीरले ऊर्जा प्राप्त गर्छ, एन्टिअक्सिडेन्ट पनि पाउँछ र मस्तिष्कलाई लामो समयसम्म स्वस्थ राख्न मद्दत गर्छ । मात्र यति कुरा ध्यान राख्नुहोस् कि तपाईंलाई मधुमेह र पिसीओडीको समस्या छ भने आफ्नो डाक्टरलाई सोधेर मात्रै महको सेवन गर्नुहोस् ।

स्रोतः ओन्ली माई हेल्थ

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x