बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024

नेपालका सबै जिलाहरुमा कोरोना संक्रमण

कोरोना भाइरसको संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ । शनिबारसम्म आइपुग्दा नेपालका सबै जिल्लामा कोरोनाको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

शनिबार १ सय २० महिला र ४ सय ३४ पुरुष गरी ५ सय ५४ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको प्रवक्ता डा. गौतमले बताए । जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् ।

शनिबार पीपीआर विधिबाट ४ हजार ६ सय ६ गरी आजसम्म २ लाख १० हजार ८ सय ७६ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ हजार ६ सय ८५ गरी आजसम्म २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ ।

अहिले क्वारेन्टिनमा ६५ हजार ७ सय १२ जना रहेका छन् । यस्तै ९ हजार ४ सय ४७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । शनिबार १ सय ३६ गरी आजसम्म आजसम्म २ हजार ८ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

यता, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको हो ।

कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । फोक्सोको क्यान्सरका बिरामी उनी भारतमा उपचार गराउँदै आएका थिए ।

केही समयअघि चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका तीन पुरुषमा असार ११ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचारकै क्रममा उनको शनिबार बिहान मृत्यु भएको हो । नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

2
0
Would love your thoughts, please comment.x
()
x