घटनाको बिबरण । डडेल्धुरामा बिहीबार बिहान भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ।
डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
दुर्घटनामा नवदुर्गा गाउँपालिका-५ का १८ वर्षीय सुरेश साउद, सोही ठाउँका २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको हो। मृतक अवस्थी शिक्षक हुन। उनी भूमिराज आधारभूत विद्यालय चौडमा पढाउँथिन्।
जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार दुर्घटनामा नवदुर्गा गाउँपालिका-५ की १८ वर्षीया सुशीला विक, सोही ठाउँका ४ वर्षीय प्रतीक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक घाइते भएका छन्। उनीहरूको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ। प्रहरीका अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको थियो।
दुर्घटना हुने कारण । नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडकमा से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो। यो सडग कच्ची तथा पानीले पनी बिगारेको अवस्था थियो ।
जानकारी हुनु पर्ने बिषय । नेपालमा अधिकांस सडगहरु गाडी गुडाउन उपयुक्त नै हुदैन मर्मत गर्नु पर्ने अवस्थाका भए पनी जबरजस्ती गाडिहरु दौडाएको हुन्छ जस्को परीणाम दुर्घटना नै हो । सडगसंग सम्बन्धित निकायहरु यो बिषयमा निस्कृय हुन्छन जस्तै स्थानिय, प्रादेशिक तथा संघिय यातायात बिभागले यो बिषयमा जिम्मेबार हुनु पर्छ । सम्बन्धित निकायहरुलाई खबरदारी गर्ने जिम्मेबारी सम्बन्धित ठाउका जनताहरुको पनी हो । यस्तो दुर्घटनाबाट अकपल्निय ढंगले नेपालमा सैयौको ज्यान अकालमा गैरहेको छ।