चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको सन्दर्भमा भारतीय समकक्षी मोदीसँग कुनै भेटको कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ।
भ्रमण टोलीसँगै रहेका पत्रकार प्रकाश सिलवालले पनि प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ताको कुनै तालिका नरहेको जानकारी दिएका छन्। उनका अनुसार, “भारत भ्रमण पहिले नै तय भइसकेको अवस्थामा चीनमा दुई प्रधानमन्त्रीबीच भेट नहुनु स्वाभाविक हो।”
शनिबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। सो अवसरमा उनले भारत र चीनबीच लिपुलेकलाई व्यापारिक मार्गको रूपमा प्रयोग गर्ने सहमति प्रति नेपालले गम्भीर आपत्ति जनाएको बताएका थिए।
यदि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने भएको भए, ओलीले यही विषयमा चासो व्यक्त गर्ने अपेक्षा गरिएको थियो। प्रधानमन्त्री ओली शनिबार सांघाइ सहयोग संगठनको २५औं शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्।