१. घटना र बिषयसंग सम्बन्धित समाचार:
संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग फोन वार्ता गरेको पुष्टि गरेका छन्। ट्रम्पले यस संवादको परिणामबारे स्पष्ट केही भन्न नसकेको बताएका छन्। तर काराकासले अमेरिकाले सम्भावित आक्रमणको तयारी गरिरहेको भन्दै कडा निन्दा गरेको छ। अमेरिकाले क्यारेबियन क्षेत्रमा सैन्य उपस्थिति बढाएको, मदुरोसँग जोडिएको कथित ‘कार्टेल अफ द सन’ लाई आतङ्कवादी समूह घोषणाको चेतावनी दिएको र भेनेजुएलाको हवाई क्षेत्र बन्द हुनसक्ने सङ्केत दिएको कारण तनाव झनै चर्किएको छ।
२. घटना र बिषय हुने कारण:
संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा लागुऔषध तस्करी नियन्त्रण र कार्टेल सम्वन्धी आपराधिक गतिविधि रोक्ने उद्देश्यले सैनिक उपस्थिती बढाएको दाबी गरेको छ। तर भेनेजुएला र अन्तर्राष्ट्रिय विशेषज्ञहरूले यसलाई शासन परिवर्तन वा तेल स्रोत नियन्त्रणको पूर्वतयारीको रूपमा व्याख्या गरेका छन्। अमेरिकी आरोप अनुसार मदुरो लागुऔषध तस्करीमा संलग्न छन् र पाँच करोड डलरको पुरस्कार पनि घोषणा गरिएको छ। अमेरिकाको सैन्य गतिविधि र हवाई आक्रमणमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ भने ठोस प्रमाणको अभावमा यसको वैधतामाथि प्रश्न उठाइएको छ।
३. घटना र बिषयबाट सिक्नु पर्ने शिक्षा:
यस घटनाबाट सिक्नुपर्ने मुख्य शिक्षा भनेको अन्तर्राष्ट्रिय सम्बन्धमा द्विपक्षीय मतभेद र सैन्य दबाबले संकट उत्पन्न गर्न सक्ने हो। कूटनीति, संवाद र अन्तर्राष्ट्रिय कानूनको पालनाले मात्र यस्तो तनावलाई नियन्त्रण गर्न सकिन्छ। साथै, वास्तविक प्रमाण र तथ्यांकको आधारमा मात्र निर्णय लिनु र विश्व समुदायमा पारदर्शिता कायम गर्नु आवश्यक छ। यसले युद्ध जोखिम घटाउने र दुवै पक्षमा दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने अवसर दिन्छ।












