१. घटना र बिषयसंग सम्बन्धित समाचार:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीचको पार्टी एकता भाँडिएको छ। जेनजी आन्दोलनको भावनालाई समेटेर आगामी निर्वाचन अगाडि दुई पार्टीबीच सघन छलफल भइरहेका थिए। तर वार्ता असफल भएपछि दुवै पक्षका नेताहरूले एक अर्कामा आरोप लगाएका छन्। रास्वपाले उनेपाको सर्तमाथि सर्त राखेपछि एकता सम्भव नभएको जनाएको छ।
२. घटना र बिषय हुने कारण:
एकताका लागि मुख्य नेता, उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा ५० प्रतिशत हिस्सा मागिँदा सहमति हुन सकेन। रास्वपाले पार्टी कब्जा गर्नेगरी सर्त राखेको आरोप उनेपाले लगाएका छन्। निर्वाचन आयोगले दिएको समयसीमाभित्र एकता हुन नसकेपछि वार्ता असफल भयो। दुई पार्टीबीच मतभेद, संगठनमा सन्तुलनको विवाद र मिडिया ट्रायलले समस्या बढाएको देखिन्छ।
३. घटना र बिषयबाट सिक्नु पर्ने शिक्षा:
यस घटनाबाट स्पष्ट हुन्छ कि पार्टी एकता कठिन र संवेदनशील प्रक्रिया हो। सहकार्य र पारदर्शितामा ध्यान नदिँदा राजनीतिक विवाद उत्पन्न हुन्छ। लचिलोपन, पारदर्शिता र दुवै पक्षको विश्वास महत्वपूर्ण हुन्छ। तत्काल एकता नहुने भएपनि संगठन निर्माण र आगामी चुनावका लागि तालमेलको सम्भावना कायम राख्न आवश्यक छ। विवादलाई मिडियामा मात्रै समाधान खोज्नु उचित हुँदैन।












