ठूला इभी गाडी चलाएर सार्वजनिक यातायात व्यवस्थित गर्न सुझाव

0
4

२. घटना र विषय हुने कारण:
सार्वजनिक यातायात अव्यवस्थित हुनुको मुख्य कारण राजनीतिकरण, दीर्घकालीन योजनाको अभाव र पूर्वाधार विस्तारमा कमजोरी रहेको देखिन्छ। नाफामा रहेको ट्रली बस प्रणाली राजनीतिक हस्तक्षेपका कारण धराशायी बनाइएको पूर्वचालकहरूले बताएका छन्। साथै समयमै ट्रली लाइन विस्तार नहुनु, नीतिगत अस्थिरता र भू–राजनीतिक प्रभावले विद्युतीय यातायातको निरन्तर विकास अवरुद्ध भएको कारण यस अवस्था आएको हो।


३. घटना र विषयबाट सिक्नु पर्ने शिक्षा:
यस घटनाबाट सार्वजनिक यातायातलाई राज्यको प्राथमिकतामा राखेर दीर्घकालीन र स्थिर नीति आवश्यक रहेको शिक्षा मिल्छ। राजनीतिक स्वार्थभन्दा सार्वजनिक हितलाई अघि बढाउनुपर्छ भन्ने सन्देश स्पष्ट हुन्छ। विद्युतीय सार्वजनिक यातायात वातावरणमैत्री र दिगो विकल्प भएकाले त्यसमा लगानी, सहुलियत र अनुसन्धान बढाउन जरुरी छ। विगतका असफलताबाट सिक्दै भविष्यका यातायात प्रणाली व्यवस्थित बनाउनुपर्ने पाठ यो घटनाले दिन्छ।

LEAVE A REPLY