बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024

गए राति गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु

१२ असार, काठमाडौं । गए राति गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाईते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

श्रीमान्, श्रीमती र छोरा गरी तीन जना बस्दै आएको उक्त परिवारमा पुरिएर गम्भीर घाइते भएका यमबहादुरको बाटोमा मृत्यु भएको हो भने उनकी श्रीमतीको पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाध्यक्ष खनालले बताए । छोराको अवस्था सकुसल रहेको छ । अविरल वर्षाका कारण ग्रामीण कच्ची सडकमा पहिरो गई रुख ढलेका कारण राति समयमै अस्पताल पु-याउन नसकिएको स्थानीयले बताएका छन् ।

घटनास्थलमा अहिले प्रहरी टोली गएकाले घटनाको पूर्ण विवरण आउन केही समय लाग्ने स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

1
0
Would love your thoughts, please comment.x
()
x