कोभिड–१९ ,औषधि र खोपका लागि के गरिरहेका छन् वैज्ञानिकहरु
चीनको हुवानबाट शुरु भएको ‘कोरोना भाइरस’ अर्थात कोभिड १९ को संक्रमणले संसारको ८१ लाख भन्दा बढि मानिसलाई संक्रमण गरिसकेर ४ लाख ४० हजार भन्दा बढिको मृत्युका कारण बनिसकेको छ । सारा विश्वलाई नै प्रभावित गरेको कोभिड १९ले नेपालमा पनि ६ हजार भन्दा बढिलाई संक्रमण र १९ जनाको मृत्यु भईसक्दा यसको त्रास हामीमा हुनु स्वाभिक हो । हुनत् लामो समयको लकडाउन र त्यसले ल्याएको मुख्यतः आर्थिक समस्याले कोरोनाको त्रास कमजोर हुदै वा त्रासको बिचमा पनि दैनिक काममा फर्किन बाध्य भएको अवस्थामा केहि राम्रा समाचारहरु पनि आउन थालेका छन् ।
कोभिड१९ का खोप तथा उपचार सम्बन्धि खबरहरुले बेला बेलामा आशा जगाउदै आएका छन् । सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको यस भाईरसले छोटो समयमा नै संसारलाई नै अप्ठ्यारो अवस्थामा पु¥याउन सफल भएको छ । यो छोटो अवधिमा धेरै ठुला ठुला अध्ययन तथा अनुशन्धानहरु भई सकेको छैन तर धेरै अध्ययनहरु जारी रहेका छन् । कहिले एचआईभी एड्सका लागि प्रयोग भएको टेनोफोभिर त कहिले मलेरियामा प्रयोग हुने हाईड्रोक्सिक्लोरोक्विन निकै चर्चामा रहे । अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्पले पनि हाईड्रोक्सिक्लोरोक्विन खाएको सार्वजानिक गरे जबकी यसले धेरै नकारात्मक असर गर्ने भएकाले अमेरिकामा नै पछि यो बन्द नै गरिएको छ । पछिल्लो चरणमा प्रिमेथ्रिन पनि प्रभावकारी भन्ने समाचार आए ।
औषधिले नहुने रहेछ, रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्छ । त्यसैले भिटामिन ‘सि’ लगायत लसुन, अदुवा खानुपर्ने तथा योग र व्ययाम गर्नु पर्ने समाचारहरु पनि नआएका होईनन् । यसबाट बचाउन खोप उत्पादन र त्यसको अध्ययनका समाचारहरु पनि आईरहेको छ । केहि खोपका अध्ययन र उत्पादन दुवै संगै भईरहेको पनि समाचारमा आएका छन् ।
डा.बालकृष्ण साह
आधुनिक चिकित्सा विज्ञान मात्र होईन होमियोपेथिक र आयुर्वेदिक उपचार पद्धतीले पनि विभिन्न उपचारहरुको खोजी गरेका छन् । कति विज्ञले त पुर्णरुपले निको बनाउने दाबि गरे तापनि संसारले सहजै स्विकार गरेको अवस्था छैन । किन भने संसारले अध्ययनको परिणाम खोज्ने हुन्छ । अहिले एउटा राम्रो परिणाम आएको छ । कोभिड१९ का लागि गरिएको अध्ययनहरुमा सम्भवतः सबै भन्दा बढि संक्रमित सहभागी रहेको यस अध्ययनले हाम्रो नेपाली औषधी बजारमा पनि उपलब्ध रहेको ‘डेक्सामेथाजोन’ अर्थात एक किसिमको स्टोराईडले ठुलो सफलता पाएको देखाएको छ ।
बेलायतका विज्ञहरुले विश्वभर पाइने र सस्तो औषधि डेक्सामेथासोनले गम्भिर अवस्थाका कोरोना संक्रमितलाई बचाउन मद्धत पुगेको बताएका हुन् । उनीहरुले डेक्सामेथासोन स्टेरोइड थोरै मात्रा प्रयोग गर्दापनि गम्भिर किसिमका संक्रमितलाई बचाउन सकिएकोे बताएका छन् । भेन्टिेलेटरमा राखिएका बिरामीको मृत्यु हुने दर एक तिहाइ र अक्सिजन दिइएका पाच मध्ये एक बिरामीलाई जोगाउने अनुसन्धानको दाबी छ । अक्सफोर्ड विश्वविद्यालयका सोधकर्ताहरुले अस्पतालमा भर्ना भएका २ हजार बिमारीहरुलाई डेक्सामेथासोन दिएका थिए र यो औषधी प्रयोग नगरेका ४ हजार भन्दा बढि बिमारीहरुको तुलनात्मक अध्ययन गरेर सो प्रतिबेदन दिएको बिबिसिले उल्लेख गरेको छ । सो अध्ययनले भेन्टिलेटरमा रहेका बिमारीहरुको मृत्युदर ४० प्रतिसतबाट २८ प्रतिसतमा झर्ने उल्लेख गरिएको छ ।
प्रमुख अनुसन्धानकर्ता प्रोफेसर पिटर होर्बीले भनेका छन्,यो एकमात्र औषधि हो जसले संक्रमितको मृत्युको जोखिमलाई घटाउछ यो कोरोना उपचारमा ठुलो सफलता र उपलब्धी पनि हो । तर यो औषधि सामान्य अवस्थाका बिमारीलाई कुनै फाईदा नगर्ने र श्वासप्रश्वासमा समस्या रहेकालाई महत्वपुर्ण हुने प्रोफेसर होर्बीले स्पष्ट पारेका छन् ।
हुन त पछिल्लो समयमा कोभिड१९ का संक्रमितको संख्यामा बृद्धि भए तापनि यसका संक्रमितहरुको जटिल्तामा उल्लेखनिय कमी आएको देखिएको छ । कोभिड१९ संक्रमणका कारणले हुने मृत्युमा पनि कमी आएको छ । भारत, रसिया र नेपालमा पनि संक्रमितको संख्या उच्च रहेता पनि यसको संक्रमणले हुने मृत्यको अनुपात युरोप, अमेरिकाको तुलनामा कम रहेको छ । यस अवस्थामा हाम्रो देशमा समेत उत्पादन हुदै आएका डेक्सामेथाजोनको प्रभावकारीताले पक्कै सकारात्मक परिणम दिने छ ।
WRITE COMMENTS FOR THIS ARTICLE