कालीमाटीमा आज पाकेको फर्सी, स्कुससहित केही तरकारीको मूल्य बढेको छ भने बोडी लगायतका कतिपय तरकारीको मूल्य घटे
कालीमाटीमा आज पाकेको फर्सी, स्कुससहित केही तरकारीको मूल्य बढेको छ भने बोडी लगायतका कतिपय तरकारीको मूल्य घटेको छ। धेरैजसो तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।
कालीमाटीमा हिजोसम्म किलोको ३५ रुपैयाँ रहेको पाकेको फर्सीको मूल्य आज ८५ रुपैयाँ पुगेको छ। त्यसैगरी हिजो प्रतिकिलो १७ रुपैयाँ रहेको स्कुसको मूल्य आज बढेर २७ रुपैयाँ पुगेको छ।
हिजो १४५ रुपैयाँमा किनबेच भएको तने बोडीको मूल्य घटेर आज १०५ रुपैयाँमा झरेको छ।
कालीमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस छ भने महँगो तरकारी कुरिलो छ। स्कुस किलोको २७ रुपैयाँमा किनबेच भइरहँदा कुरिलोको मूल्य किलोकै ११ रुपैयाँ छ।
कालीमाटीमा आज रातो आलु ७२, सेतो आलु ६५, लोकल गाँजर १३५, तराईको बन्दा ४५, स्थानीय काउली ७८, सेतो मुला ३५, लाम्चो भन्टा ६५, तने बोडी १०५, लौका ६५, तराईको परबल १०५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरी पाकेको फर्सी ८५, हरियो फर्सी ५५, भिन्डी ११५, स्कुस २७, रायोको साग ३२, कन्य च्याउ २२६, डल्ले च्याउ २७६, कुरिलो ११००, ब्रोकाउली १३५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, टनेलमा फलेको सानो गोलभेँडा १२५, रातो आलु ७०, सेतो आलु ६१, सुकेको भारतीय प्याज ९५, लोकल गाँजर १३५, तराईको बन्दा ४५, स्थानीय काउली ८०, तराईको काउली ६५, सेतो मुला ३५, लाम्चो भन्टा ५५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरी तने बोडी १४५, मकै बोडी ६५, करेला १०५, लौका ६५, परबल ९५, चिचिन्डो ५५, पाकेको फर्सी ३५, हरियो फर्सी ५५, स्कुस १७, कन्य च्याउ १२६, डल्ले च्याउ २८५, कुरिलो ११००, ब्रोकाउली १३५ रुपैयाँ प्रतिकिलो थियो।
WRITE COMMENTS FOR THIS ARTICLE