नव गठित नेपाली कम्युनिस्ट पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेकाे छ । विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी को घोषणापत्र सार्वजनिक गरिएको हाे ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए ।
पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल चयन भएका छन् ।













